धनगढी पोष्ट https://dhangadhipost.com धनगढी पोष्ट - धनगढी पोष्ट en-US hourly 1 Copyright 2026 Tue, 06 Jan 2026 08:46:07 +0545 रेशम चौधरीलाई आममाफी दिने विरूद्धको रिटमा अवलोकनार्थ गर्न आदेश https://dhangadhipost.com/news/7455 Mon, 05 Jan 2026 18:10:11 +0545 https://dhangadhipost.com/news/7455 ‘अवलोकनार्थ गर्ने भनेको पहिले भएका फैसलालाई अवलोकन गर्न ती फैसलालाई सँगै राखेर अब अर्को पटक सुनुवाइ हुने दिन इजलासमा पेस गर्नू भनिएको हो ।’ काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा–ने) का संरक्षक रेशम चौधरीलाई आममाफी दिने निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अवलोकनार्थ गर्न आदेश दिएको छ ।

सोमबार न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा चौधरीविरूद्धको रिटमा सुनुवाइ भएको हो ।

संयुक्त इजलासले सुनुवाइ सकेपछि अन्य आदेश गरेको सर्वोच्चको बेवसाइटमा उल्लेख छ । सर्बोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार अवलोकनार्थ गर्न आदेश भएको हो । ‘रेशम चौधरीसँग सम्बन्धित पहिले भएका फैसलालाई अवलोकनार्थसँगै राख्ने भन्ने आदेश भएको छ, उनले भने, ‘अवलोकनार्थ गर्ने भनेको पहिले भएका फैसलालाई अवलोकन गर्न ती फैसलालाई सँगै राखेर अब अर्को पटक सुनुवाइ हुने दिन इजलासमा पेस गर्नू भनिएको हो ।’

टीकापुर घटनामा तीनै तहको अदालतले चौधरीलाई दोषी ठहर गरेको थियो । दोषी ठहर भएका चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि २०८० जेठ १५ गते कारागारबाट रिहा भएका थिए । जेठ १६ गते नै सर्वोच्च अदालतमा टीकापुर घटनामा श्रीमान गुमाएकी शारदा कडायतले चौधरी र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन् । उनले कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका चौधरीलाई रिहा गर्न संविधानसम्मत नभएको जिकिर गरेकी थिइन् ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहट, थारुवान संघर्ष समितिको आन्दोलन हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए ।

त्यही घटनामा मुख्य दोषी ठहर गर्दै रेशम चौधरीसहित ११ जनालाई २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएको थियो । उनीहरूलाई दिपायल उच्च अदालतले पनि जन्मकैदको सजाय सुनाएको थियो । त्यसैगरी २०८० जेठ २ गते सर्वोच्च अदालतले पनि चौधरीलाई सफाइ दिन अस्वीकार गर्दै जिल्ला अदालत र उच्च अदालतको फैसला सदर गरेको थियो ।

]]>
सिसीटिभी सर्भिलेन्स क्षेत्रको बहुराष्ट्रिय ब्रान्ड युएनभीको धनगढीमा शोरुम सञ्चालन https://dhangadhipost.com/news/7454 Mon, 05 Jan 2026 17:50:07 +0545 https://dhangadhipost.com/news/7454 नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक प्ला सेल्स प्रा. लि.को को निरन्तर समर्थन र मार्गदर्शनमा, उक्त शोरूम उग्रतारा टेक्निकल गुड्स सप्लायर्ससँगको साझेदारीमा सुरु गरिएको हो । धनगढी ।  सिसीटिभी सर्भिलेन्स क्षेत्रमा विशेषज्ञता हासिल गरेको विश्वप्रसिद्ध बहुराष्ट्रिय ब्रान्ड युएनभीले नेपालमा आफ्नो सेवा विस्तार गर्दै धनगढीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक प्ला सेल्स प्रा. लि. को  निरन्तर समर्थन र मार्गदर्शनमा, उक्त शोरूम उग्रतारा टेक्निकल गुड्स सप्लायर्ससँगको साझेदारीमा सुरु गरिएको हो ।

सोमबार धनगढी रातोपुलमा आयोजित कार्य क्रममा जेन्जी युवा जैनुल सिद्दिकीले एआई प्रविधिको प्रयोगबाट  दियो बालेर शोरूमको औपचारिक उदुघाटन गरे ।

सो अवसरमा युएनभी नेपालका सेल्स डाइरेक्टर सर्दक अधिकारीले युएनभी स्मार्ट बोर्डमा नेपालमै  एक नम्बर रहेको बताए । राति पनि बत्ती बिना उज्यालो देखिने प्रविधि आफुहरुसँग रहेको, सबै गाडीहरुको नम्बर रिड गर्ने क्यामेरा पनि रहेको  र मुल्यमा पनि सस्तो रहेको अधिकारीेले बताए । आगामी दिनमा सर्भिस सेवा पनि  शुरु गरिने अधिकारीले बताए ।

उग्रताराले युएनभीका सीसीटीभीको बिक्री बितरण पहिलेदेखि नै गर्दै आइरे पनि शोरुमको शनिबार  शुभारम्भ गरिएको हो ।

उग्रताराका   प्रवन्ध निर्देशक टेकराज पनेरुले ग्राहकहलाई गुणस्तरिय र बिश्वासिलो सेवादिन अन्तरराष्टिय स्तरमै  प्रसिद्द युएनभी सीसीटीभीको शोरुम संचालनमा  ल्याइएको बताए ।

युएनभी एक अग्रणी सिसीटिभी सर्भिलेन्स विशेषज्ञ ब्रान्ड हो, जसको हाल विश्वका २०६ देशहरूमा उपस्थिति रहेको छ । कम्पनीले अन्तरराष्ट्रिय रूपमा बेलायत, अमेरिका, कोरिया तथा मध्यपुर्वका बजारहरूमा नम्बर १ ब्रान्डको स्थान कायम गर्दै आएको छ ।

नेपालमा पनि युएनभीले आफ्नो विश्वसनीयता र गुणस्तर प्रमाणित गर्दै सुदुरपश्चि प्रदेश, लुम्बिनी प्रदेश  र गण्डकी प्रदेशमा मा नम्बर १ सीसीटीभी ब्रान्डको रूपमा आफ्नो स्थान स्थापित गरिसकेको छ । युएनभीले सीसीटीभी सुरक्षा समाधानका साथै विभिन्न आईटी उत्पादनहरू उपलब्ध गराउँदै आएको छ ।

युएनभीका उत्पादनहरू प्रविधिका हिसाबले विशिष्ट र अत्याधुनिक छन् । यस अन्तर्गत ओडब्लु भ्यु टेक्नोलोजप् जस्तो अनौठो प्रविधि उपलब्ध छ, जसले रातको समयमा पनि दिनजस्तै स्पष्ट दृश्य प्रदान गर्दछ । साथै, एएनपीआर क्यामेरा प्रविधि मार्फत नेपाली नम्बर प्लेट पहिचान र क्याप्चर गर्न सक्ने क्षमता रहेको छ, जुन नेपालका लागि विशेष रूपमा उपयोगी समाधान हो ।

त्यसैगरी, युएनभी स्मार्ट बोर्ड प्रविधिमा पनि नम्बर १ ब्रान्डको रूपमा परिचित छ, जसले शिक्षा, कार्यालय तथा संस्थागत प्रयोगका लागि प्रभावकारी डिजिटल समाधान प्रदान गर्दछ ।

धनगढीमा सुरु गरिएको नयाँ शोरूम मार्फत सुदूरपश्चिम क्षेत्रका ग्राहकहरूलाई उच्चस्तरीय सीसीटीभी सुरक्षा समाधान, आईटी उत्पादन, प्राविधिक सहयोग तथा बिक्रीपछिको सेवा एकै स्थानबाट उपलब्ध गराइनेछ । उग्रतारा टेक्निकल गुड्स सप्लायर्ससँगको सहकार्यले स्थानीय बजारमा आधुनिक, सुरक्षित र भरपर्दो प्रविधिको पहुँच अझ सशक्त बनाउने विश्वास लिइएको छ ।

युएनभीले आगामी दिनहरूमा पनि नेपालभर आफ्नो सेवा र प्रविधि विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

]]>