स्वाव परिक्षणको रिपोट ढिला आउँदा कोरोनाको जोखिम बढ्यो

धनगढी

    सुदूरपश्चिम प्रदेशमा क्वारेण्टाईनबाट घर गएपछि कोरोना पुिष्ट हुने क्रम बढेको छ ।  स्वाव संकलन गरेपछि नतिजा आउन ढिलाई हुँदा सुदूरपश्चिममा क्वारेण्टिनबाट घर गए पछि मात्रै कोरोना संक्रमण पुष्टि हुन हो ।

    हाल सम्म सुदूरपश्चिमका विभिन्न स्थानीय तहबाट क्वारेण्टिनमै बसेर घर गएका १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेलधुराको गन्यापधुराका ५८डोटीको शिखर नगरपालिका १४, बैतडीको शिवनाथ गाउँपालिकाका १७, कञ्चनपुरको लालझाडी गाउँपालिकाका १४ र कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जनामा घर गएपछि कोरोना पुष्टी भएको हो ।

       कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले क्वारेण्टिनमा बसेका नागरिकको स्वाव संकलन पछि नतिजा आउन ढिलाई हुँदा यस्तो समस्या भएको बताए । क्वारेण्टिनमा बसेको ७ दिन पछि नागरिकको स्वाव परिक्षण गरिदै आएको छ मेयर चौधरीले भने– रिपोट आउन १०१२ दिन लागने गरेको छ, हामीले १४ दिन क्वारेण्टिनमा बसेकालाई घरपठाउने गरेका छौं । क्वारेण्टिनमा बस्ने नागरिकलाई १४ दिन पछि लक्ष्यण नभेटिए घर पठाउनु भन्ने स्वास्थ्य निर्देशनालयको निर्देशन अनुसार आफुहरुले काम गर्दै आएको उनले बताए । मेयर चौधरीले भने– निर्देशन अनुसार हामीले शारीरिक रुपमा कुनै लक्षण नभेटिएका ७१ नागरिकलाई घर पठाएका थियौं, स्वावको रिपोर्टमा ३१ जनामा पोजेटिभ नतिजा आएपछि फेरी क्वारेण्टिनमा ल्याएका छौं ।

     कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसिंह बडायकले पनि स्वास्थ्य निर्देशनालयको निर्देशनका आधारमा आफुहरुले नागरिकलाई १४ दिनमा घर पठाउने गरेको भएपनि स्वावको रिपोर्ट ढिलो गरी आउँदा समस्या भएको बताए । स्वाव परिक्षणको रिपोर्ट पर्खेर बसौ भने कहिले आउँछ भन्ने पत्तो हुँदैन उनले  भने– अनिश्चित समय सम्म नागरिकलाई क्वारेण्टिनमा राख्दा व्यवस्थापन गर्न कठिनाई हुन्छ ।

     सुदूरपशिचम प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते क्वारेण्टिनमा बसेका नागरिकलाई १४ दिन पुगे पछि अनिवार्य घर पठाउन निर्देशन दिएको थियो । त्यस यता सुदूरपश्चिमका विभिन्न क्वारेण्टिनमा रहेका २२ हजार नागरिकलाई घर पठाइएको छ ।

     सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले संघिय परिपत्र अनुसार १४ दिन क्वारेण्टिनमा बसेका लाई घर पठाउन निर्देशन गरिएको बताए । १४ दिन क्वारेण्टिनमा बसेर फर्केपछि ७ दिन अनिवार्य होम क्वारेण्टिनमा बस्न हामीले नागरिकलाई आग्रह गर्दै आएका छौं निर्देशक अवस्थीले भने– कसैमा कोरोना पोजेटिभ भएर पनि लक्षण नदेखिएमा उनिहरुलाई समेत घरमै सुरक्षित बस्ने व्यवस्था गनुपर्ने हुन्छ ।