बैतडीका नौ वटा तहमा कोरोना संक्रमण

बैतडी

   दस वटा स्थानीय तह रहेको बैतडीमा पुर्चौडी नगरपालिका वाहेक सबै तहमा कोरोना संक्रमण देखिएको छ । बैतडीमा सोमवार सम्म १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ९ स्थानीय तहमा संक्रमित भेट्टिएका छन ।

     पछिल्ला केही दिन यता बैतडीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सोमबार मात्र बैतडीका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार  पुष्टि भएकामा शिवनाथ गाउँपालिकाका ९ र दोगडाकेदार गाउँपालिका ५ जना रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

    स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले सबैभन्दा बढी शिवनाथ गाउँपालिकामा ४८ जनामा संक्रमण पुष्टि भएको बताए ।

    उनका अनुसार यस्तै दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकाका २९÷२९, पञ्चेश्वर गाउँपालिकाका २५, सिगास गाउँपालिकाका १८ , पाटन नगरपालिकाका ८, डिलाशैनी गाउँपालिकाका ७ ,मेलौली नगरपालिकाका ५, र सुर्नया गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । बैतडीमा कोरोना पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका  छन् ।