बाजुराको त्रिवेणी नगरपालिकामा १ सय १ जना संक्रमित

धनगढी

   बाजुरा जिल्लाको एउटै स्थानीय तहमा १ सय १ जना कोरोना संक्रमित पुगेका छन् ।

 बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा शनिवार एकै दिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १ सय १ पुगेको हो । शनिवार शिक्षण अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा ८१ जनामध्ये ६२ जनाको कोरोना रिपोर्ट पोजिटिभ र  १९ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ अधिकृत दयाकृष्ण पन्तले बताए ।

  उनका अनुसार शनिवार पुष्टि भएका ६२ जनामा ११ जना महिला र ५१ जना पुरुष रहेका छन् ।  यता स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भने शिक्षण अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा बाजुराका ८२ जनामा कोरोना पुष्टि भएको जानकारी दिईएको थियो ।

 बाजुराका स्वास्थ्य प्रमुख पन्तले आफुलाई ६२ जनाको नै आधिकारीक जानकारी आएको बताए । यो संगै बाजुरामा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।