एनआइसीले अतुलनीय सेवा दिन्छ : जोशी

हामीले सुदुरपश्चिम प्रदेशमा २२ तथा ३ एक्स्टेन्सन काउण्टर शाखा सञ्चालनमा ल्याइसकेका छौं ।

एनआइसीले अतुलनीय सेवा दिन्छ : जोशी
सुवास जोशी सुदुरपश्चिम प्रदेश प्रमुख एन आई सी एशिया बैंक

सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दीर्घकालीन रणनीतिलाई आत्मसात गर्दै बैंकले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना र अपेक्षाको समुचित पहिचान एवं बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गर्दै मुलुकभर सर्वाधिक धेरै शाखा सञ्जाल पु¥याएको एन आई सी एशिया बैंकले सुदुरपश्चिम प्रदेशमा २१ शाखा कार्यालयहरू, २२ एटिएम, ४ एक्स्टेन्सन काउण्टर एवं ३ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्घ सेवा दिईरहेको छ । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने मुल मन्त्रका साथ अघि बढिरहेको यस बैंकले देशको दुरदराजमा रहनुभएका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले २०७९ आषाढ १२ गते देखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना सार्वजनिक गरेको छ । यस आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टास ग्राहक लक्षित गरि ल्याइएका छन् । योजनाको बारेमा बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीसँग गरिएको कुराकानीको संपादित अंश ।

तपाईं  एन आई सी एशिया बैंकको प्रदेश प्रमुख हुनुहुन्छ, यस प्रदेशमा एन आई सी एशिया बैंकले बैंकिङ्ग पहुँच कस्तो छ ?

एन आई सी एशिया बैंकले शाखा कार्यालय तथा विस्तारित काउन्टर मार्फत देशका कुना कुनामा पुगेर बैंकिङ्ग सेवा दिइरहेको छ । नेपालको सुगम शहरदेखि दुर्गम गाउँसम्म एन आई सी एशिया बैंकको शाखा कार्यालयहरूको बलियो उपस्थिती रहेको यहाँलाई अवगत नै छ । आजको दिनमा एन आई सी एशिया बैंकले नेपालको आर्थिक रुपले सक्रिय जनसंख्याको ३० प्रतिशत भन्दा बढी जनसंख्यालाई बैंकिङ्ग सेवा दिइरहेको छ ।

हाम्रा ग्राहक महानुभावहरूको विश्वास र भरोसाले गर्दा नै आज एन आई सी एशिया बैंक मुलुकभर सबै भन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ । तपाईलाई पनि थाहा छ नि एन आई सी एशिया बैंक विभिन्न वित्तीय तथा गैर वित्तीय सूचांकहरूमा १ नम्बरमा रहेको छ । बैंकका देशैभरी ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । आज ३३ लाख भन्दा बढी ग्राहक महानुभावहरूलाई बैंकले वित्तीय समावेशीकरणका अन्तरगत मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी देशभरका ७३ जिल्लामा अतुलनिय सेवा दिदै आइरहेको छ ।

हामीले सुदुरपश्चिम प्रदेशमा २२ तथा ३ एक्स्टेन्सन काउण्टर शाखा सञ्चालनमा ल्याइसकेका छौं । यसबाट पक्कै पनि ग्रामीण क्षेत्रसम्म बैंक पुग्न सकेकाले स्थानीय उद्यमी, व्यवसायी, व्यापारीहरू र सर्वसाधारण जनतालाई ठूलो राहत मिलेको हामीले अनुभुती गरेका छौं । हामी यसलाई अझै सहज बनाउनै डिजिटल माध्यमबाट सबैको हात हातमा बैंकिङ्ग सेवा पु¥याउने अभियानमा लागेका छौं । प्रदेशको आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा टेवा पु¥याउने हेतुले कृषि क्षेत्र, साना उद्यम कर्जा, उद्योग र व्यापारमै कर्जा लगानी गरेका छौं । यस प्रदेशमा हाल २१ शाखा कार्यालयहरू, २२ एटिएम, ३ एक्स्टेन्सन काउण्टर एवं ३ वटा शाखा रहित बैंकिङ्ग मार्फत २ लाख २० हजार भन्दा बढी ग्राहक महानुभावहरूलाई सेवा दिइरहेका छौं ।

बैंकले हालै एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना सम्बन्धी नयाँ योजना सार्वजनिक गरेको छ । यो कस्तो खालको खाता हो ?

एन आई सी एशिया बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो पटक निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना सार्वजनिक गरेको छ । हाललाई छोटो अवधिसम्म लागु हुने यो योजनामा निक्षेपकर्ता महानुभावहरुले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार डबलदेखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । यस मुद्दती योजनामा तीन प्रकारका ग्राहकहरु सहभागी हुन सक्नुहुनेछ ।

आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहे अनुरुप बैंकले यस अघि लिएर आएको निक्षेप खाताहरूमा पाइने फाइदा भन्दा अझ बढी फाइदाहरु रहेको मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना बैंकले ल्याएको छ ।

यस मुद्दती योजनामा अन्तर्गत ३ प्रकारका ग्राहकहरु समावेश हुन सक्ने बताउनु भयो  । व्यक्तिगत निक्षेप योजना बारे विस्तृतमा बताईदिनु हुन्छ कि ?

हो यो सही हो । यस मुद्दती योजनामा व्यक्तिगत, संस्थागत र रेमिन्टास वर्गका ग्राहक महानुभावहरुले मुद्दती निक्षेप खाता सञ्चालन गर्न सक्नुहुनेछ । जस अन्र्तगत व्यक्तिगत निक्षेपकर्ताहरुले ६ वर्ष ४ महिना २५ दिनमा निक्षेप रकमको डवल रकम फिर्ता पाउने देखि २१ वर्ष ७ महिना १७ दिनमा निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने आकर्षक योजना रहेको छ । यस अन्तर्गत जस्तै तपाईंले रु. १ लाखको एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना खाता खोल्नु भयो भने ६ वर्ष ४ महिनामा डवल अर्थात रु. २ लाख निक्षेप रकम फिर्ता पाउनु हुनेछ । साथै यहि १ लाख निक्षेपमै तपाईले २१ वर्ष ७ महिनामा निक्षेपको १० गुणा अर्थात रु. १० लाख निक्षेप रकम फिर्ता पाउनुहुनेछ । 

व्यक्तिगत निक्षेपकर्ताहरुले १० वर्ष २ महिना १४ दिनमा ३ गुणा, १२ वर्ष ११ महिना २ दिनमा ४ गुणा, १५ वर्ष १३ दिनमा ५ गुणा, १६ वर्ष ९ महिना ६ दिनमा ६ गुणा, १८ वर्ष २ महिना २४ दिनमा ७ गुणा, १९ वर्ष ६ महिना १ दिनमा ८ गुणा र २० वर्ष ७ महिना १५ दिनमा ९ गुणा निक्षेप रकम फिर्ता पाउनुहुनेछ ।

रेमिन्टेस मुद्दती बचत योजनाको बारे पनि बताइदिनु हुन्छ कि ?

देशको अर्थतन्त्रमा मुख्य योगदान दिएको रेमिटेन्सलाई सही सदुपयोगसँगै बचत गर्ने उद्देश्य अनुरुप हामीले ती तमाम विदेशमा काम गरी कमाएको धनको बचतमा उच्चतम प्रतिफल दिने उद्देश्यले १० गुणा रेमिटेन्स मुद्दती योजना ल्याएका छौं । यसमा विदेशमा काम गर्ने व्यक्तिले पठाएको रेमिन्टास आम्दानी स्रोत भएको व्यक्तिले ५ वर्ष १० महिना १४ दिनमा निक्षेप रकमको डवल रकम फिर्तादेखि १९ वर्ष १० महिना २ दिनमा १० गुणा रकम फिर्ता सम्मको योजना बैंकले ग्राहकहरु सामु लिएर आएको छ ।

रेमिटेन्स १०ह् मुद्दती बचत योजनामा ९ वर्ष ४ महिना १० दिनमा ३ गुणा, ११ वर्ष १० महिना ७ दिनमा ४ गुणा, १३ वर्ष ९ महिना १५ दिनमा ५ गुणा, १५ वर्ष ४ महिना १७ दिनमा ६ गुणा, १६ वर्ष ८ महिना २१ दिनमा ७ गुणा, १७ वर्ष १० महिना २० दिनमा ८ गुणा र १८ वर्ष ११ महिना १ दिनमा ९ गुणा सम्म निक्षेप रकम फिर्ता पाउनु हुनेछ ।

संघसंस्थाहरुको निक्षेपमा नि १० ह् मुद्दती योजना ल्याउनु भएको छ कि ? सविस्तारमा बताईदिनु न ?

छ नि ! एन आई सी एशिया बैंकको एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना मा हामीले संस्थागत निक्षेपकर्ताहरुको लागि पनि निक्षेप रकमको १० गुणासम्म रकम फिर्ता हुने योजना लिएर आएका छौं । यस अन्र्तगत संस्थागत निक्षेपकर्ताहरुले आफ्नो निक्षेप रकम ७ वर्ष २ महिना २७ दिनमा डबल हुने देखि २५ वर्ष ४ महिना २३ दिनमा १० गुणासम्म निक्षेप रकम फिर्ता हुने योजना समावेश गरेका छौं ।

१० X संस्थागत  मुद्दती योजनामा तपाई निक्षेपकर्ताहरुले ११ वर्ष ८ महिना ९ दिनमा निक्षेप रकमको ३ गुणा, १४ वर्ष १० महिना २९ दिनमा ४ गुणा, १७ वर्ष ५ महिना ९ दिनमा ५ गुणा, १९ वर्ष ६ महिना ७ दिनमा ६ गुणा, २१ वर्ष ३ महिना १३ दिनमा ७ गुणा, २२ वर्ष ९ महिना २६ दिनमा ८ गुणा र २४ वर्ष २ महिना ५ दिनमा ९ गुणा सम्म रकम फिर्ता पाउनुहुनेछ ।

१० X  मुद्दती योजनामा कर्जा योजना समावेश छ कि छैन ? बताईदिनु न ?

एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनामा व्यक्तिगत, संस्थागत एवं रेमिन्टास निक्षेपकर्ता महानुभावहरुले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्नु हुनेछ ।

यस्तो प्रकारको मुद्दती खाता त हरेक बैंकका रहेका छन् । ग्राहकले एन आई सी एशिया बैंकमै किन १० x मुद्दती खाता खोल्ने ?

हामी नेपालकै बैंकहरू मध्ये अझ उन्नत स्तरको बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि बन्न र सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको यहाँहरूलाई अवगत नै छ ।

बचत रकमको २ गुणा रकम फिर्ता हुने योजना त हजुरहरुले सुन्नु नै भएको होला तर पनि १० गुणा मुद्दती रकम फिर्ता हुने यो योजना अहिलेसम्म एन आई सी एशिया बैंकले मात्र सार्वजनिक गरेको छ ।

यस मुद्दती योजनामा आबद्ध भइसकेपछि मूख्यतः व्यक्तिगत तथा संस्थागत दीर्घकालिन बचत योजनामा अतुलनिय योगदान रहने बैंकको ठहर छ । जुन बचतले तपाई तमाम ग्राहक महानुभावहरुको भविष्यको आर्थिक अवस्था सरल र सहज हुन विशेष योगदान रहने छ ।   

विश्व जगतमा विकास भईरहेका आधुनिक प्रविधिको उचित प्रयोग गर्दै विकास गरिएका हाम्रा डिजिटल बैंकिङ्गका च्यानलहरू जस्तै मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) , iServe,   OG6/g]6 a}+lsË -iTouch_ एवं वेबसाइट मार्फत ग्राहक महानुभावहरुले जुनसुकै समयमा, जुनसुकै स्थानबाट आफ्ना अधिकांश बैंकिङ्ग आवश्यकताहरू सहज एवं सरल रुपमा पूरा गर्न सक्नुहुने कुरा जानकारी गराउँदछु । त्यो पनि NTC / NCELL का ग्राहकले डाटा मार्फत निःशुल्क चलाउन सक्नु हुनेछ ।

बैंकले आफुलाई पूर्ण रुपले डिजिटल फष्ट बैंक बनाउने दीर्घकालिन रणनीति अवलम्बन गरेसँगै www.iserve.nicasiabank. मार्फत मोबाइल बैंकिङ्ग, ग्राहक सम्बन्धी सेवा, टेलर सेवा एवं कार्ड सम्बन्धी विभिन्न सेवाहरू अनलाइन अनुरोध गर्न मिल्ने व्यवस्था मिलाएको छ । साथै, NIC ASIA MoBank  एप मार्फत आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खाता खोल्ने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, देशभर रहेका २३०० भन्दा बढी मर्चेन्टहरूमा आकर्षक छुट सहितको QR  भुक्तानी, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर आवेदन, कार्ड बिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा लगायत दर्जनौं सेवाहरु उपलब्ध छन् ।

यस एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनाका बारेमा ग्राहकलाई अझै बढी जिज्ञासा भएमा बैंकलाई कहाँ र कसरी सम्पर्क गर्न सकिन्छ ?

यस योजना सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्न बैंक सदैव तत्पर रहेको छ । बैंकका सेवा तथा सुविधा सम्बन्धी प्रक्रियागत एवं डिजिटल बैंकिङ्ग च्यानलहरूमा यहाँले भोग्नु हुने प्राविधिक समस्याहरूको यथाशिघ्र समाधान तथा यहाँको सेवा सम्बन्धी जिज्ञासाको यथोचित सम्बोधनका लागि बैंकको मोबाइल बैंकिङ्ग एपमा रहेको Customer CareÚ मार्फत  हामीमाझ जोडिन सक्नुहुनेछ र यहाँको गुनासोको सुनुवाई तथा Progress Tracking को सुविधा समेत सो एप मार्फत उपयोग गर्न सक्नुहुनेछ । साथै, बैंकका सेवा तथा सुविधाहरू बारे जो केहिलाई अन्य कुनै जिज्ञासा एवं गुनासो भएमा नजिकैको शाखा कार्यालय वा सम्पर्क नं. : ०१५९७०१०१ वा 10x टाइप गरि ३४४८८ मा एसएमएस गर्न र फोन गर्दा पैसा नलाग्ने टोल फ्री नं. :  १६६००१७७७७१ मा सीधा सम्पर्क गर्नहुन म सबै आम ग्राहक महानुभावहरुलाई आग्रह गर्दछु ।