राप्रपाको घोषणापत्र

सुदुरपश्चिमको उत्तर–दक्षिण राजमार्ग बिस्तार

धनगढी । राप्रपाले सुदूरपश्चिम प्रदेशका उत्तर–दक्षिण राजमार्गलाई आन्तरिक आवद्धता हुने गरि सवारी चापका आधारमा विकास तथा विस्तार गर्ने प्रतिवद्धता घोषणापत्रमा गरेको छ ।

सोमबार राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा घोषणापत्रमा मेची–महाकाली हुलाकी राजमार्ग, काठमाडौं–जुम्ला राजमार्ग, मध्यपहाडी राजमार्गको द्रुत गतिमा निर्माण सम्पन्न गर्ने उल्लेख छ ।

तीन वर्षभित्र मेचीदेखि महाकालीसम्मको महेन्द्र राजमार्गलाई अन्र्तराष्ट्रिय हाईवेको मापदण्डमा स्तरोन्नति गरिने उल्लेख छ । राप्रपाले घोषणापत्रमा सातै प्रदेशमा स्मार्ट शहर र स्मार्ट गाउँ निर्माण गर्ने उल्लेख गरेको छ ।