नेकपा एसको घोषणापत्रमा सुदूरपश्चिम्

पश्चिम सेती–कैलाली–पाण्डुन, शारदा नदी जडान गरिने

धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो घोषणापत्रमा नेपालको पुर्वदेखि पश्चिमसम्म जोड्ने महानहर निर्माण गर्ने योजना समावेश गरेको छ ।

पार्टीका महासचिव बेदूराम भुसालले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा सिंचाइृ खानेपानी तथा जलमार्गको बिकासका लागि नदी जडानबाट महानहर निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । घोषणापत्रमा भनिएको छ ‘पश्चिम सेती–कैलाली–पाण्डुन, शारदा नदी जडान लगायतका डाईभर्सन योजना अगाडि बढाइने छ ।’

‘कृषियोग्य जमिन सिचाईं गर्नका लागि नेपालको पानी नेपालमै भन्ने नीतिका साथ पूर्व पश्चिम महानहर निर्माण गरिनेछ  ।  सबै नदीहरुलाई जोड्ने गरी पहाडको फेदीबाट नहर निर्माण । यसले नदी नियन्त्रण पनि गर्न र तराई सिचाईं गर्न सकिन्छ’ भुसालले भने । 

‘पूर्वदेखि पश्चिमसम्मका सबै नदी जोडेर पूर्व पश्चिम मेघा नहर बनाई सिंचाई खानेपानी तथा जलमार्गको विकास गरिने छ’ घोषणापत्रमा भनिएको छ –‘पश्चिम सेती–कैलाली–पाण्डुन, शारदा नदी लगायतका डाईभर्सन योजना अगाडि बढाइने छ ।’

यस्तै नेकपा एसले पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्गलाई ६ लेनमा स्तरोन्नति गर्ने घोषणापत्रमा उल्लेख छ ।

अछाम र अमरगढीसम्म समेट्ने गरी कृषि तथा औद्योगिक करिडोर निर्माणमा जोड दिइने भुषालले बताए ।

यस्तै, निर्वाचन प्रणालीमा नीतिगत परिर्वतन गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, विदेशमा रहेका युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने, भूमिको वैज्ञानिक व्यवस्थापन गर्ने लगायतका विषयलाई एकीकृत समाजवादीले घोषणापत्रमा समेटेको भुसालले बताएका छन् ।