चुनावि सभा गर्दै दलहरु

यस्तो छ, शिर्ष नेताको सुदूरपश्चिम आउने कार्यक्रम

धनगढी । मंसिर ४ गते हुने प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी राजनीतिक दल तथा उम्मेदवार चुनावि सभा गर्न थालेका छन् ।

निर्वाचन आयोगले भदौ १६ गते सम्म उम्मेदवारलाई सभा सम्मेलन गर्न रोक लगाएको भएपनि १७ गते देखि भने आम सभा गर्न खुला गरेको छ ।

आयोगको अनुमति संगै सुदूरपश्चिममा राजनीतिक दलले चुनावि सभा आयोजना गर्दै मतदातालाई सामुहिक रुपमा आफ्ना योजना बाड्न थालेका छन् ।

सुदूरपशिचममा हुने चुनावि सभालाई सम्बोधन गर्न राजनीतिक दलका शिर्ष नेता पनि सुदूरपश्चिम पुग्न थालेका छन् । सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली सुदूरपश्चिम पुगेका छन्, भने नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्षको पनि धनगढी आउने कार्यक्रम तय हुन थालेको छ ।

बुधबार सुदूरपश्चिम पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार डडेल्धुरामा आयोजित वृहत चुनावि सभालाई सम्बोधन गरे । कार्तिक २० गते सम्म डडेल्धुरामै बस्ने देउवाले जिल्लामा आयोजना हुने ७ वटा चुनावि सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका महामन्त्री नरनारायण शाह (मनु)ले बताए । ‘सभा सम्मेलन गर्न आयोगको अनुममति पाएपछि केन्द्रिय सभापति ज्यू डडेल्धुरा पुग्नु भएको हो,’ महामन्त्री मनूले भने, ‘त्यबाहेक पनि जिल्ला जिल्लामा चुनावि सभा आयोजना गर्ने तालिका रहेको छ, २२–२३ गते तिर गठबन्धनको संयुक्त चुनावि सभा पनि सञ्चालनका लागि तयारी गर्दै छौं ।’

चुनावि सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपिशर्मा ओली पनि बिहीबार धनगढी पुगेका छन् । उनले शुक्रबार (आज) दार्चुलामा आयोजना गरिएको चुनावि सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको नेकपा एमालेका प्रदेश कमिटि सचिव धर्मराज पाठकले बताए । त्यसका अलावा अध्यक्ष ओलीले शुक्रबार नै बैतडी र कञ्चनपुरमा आयोजना हुने चुनावि सभालाई पनि सम्बोधन गर्ने कार्यतालिका रहेको पाठकले बताए । 

पहिलो चरणमा तीन जिल्लामा मात्रै चुनावि सभा आयोजना गरिएकोमा अध्यक्ष ओलीनै पुनः सुदूरपश्चिम आउने गरी अन्य जिल्लामा पनि सभा आयोजना गर्ने तयारीमा प्रदेशकमिटि जुटेको उनले बताए । ‘अर्को सभा कहिले र कहाँ गर्ने भन्ने निश्चित भएको छैन,’ सचिव पाठकले भने, ‘तर कैलाली लगायत केही पहाडी जिल्लामा वृहत चुनावि सभा आयोजनाका लागि छलफल भइरहेको छ, ती सभामा पनि सम्भवतः अध्य ओलीनै आउनु हुन्छ ।’

नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य लक्षिराम आचार्यले चुनावि सभालाई सम्बोधन गर्न माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल आउने भएपनि कहा र कहिले कार्यक्रम गर्ने भन्ने निश्चित नभएको बताए । 

आज (शुक्रबार) हाम्रो प्रदेश स्तरिय छलफल हुँदैछ,’ आचार्यले भने, ‘सो छलफल पछि अध्यक्षले कुनकुन ठाउँमा सम्बोधन गर्ने भन्ने टुङ्गो लाग्ने छ ।’

प्रारम्भिक चरणमा कम्तिमा एउटा जिल्लामा एउटा सभाको आयोजना गर्ने बारेमा छलफल केन्द्रित रहेको उनले बताए । तर माओबादी केन्द्र गठबन्धन संग पनि आबद्ध रहेका कारण अन्य दल संग पनि छलफल गरेर अघि बढ्ने गरी छलफल हुने उनले बताए । 

नेकपा एकिकृत समाजबादी पार्टीले अछामबाट सभाको आयोजन ागर्ने र्काृतालिका रहेको छ ।

नेकपा एसका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहका अनुसार कार्तिक १९ गते (शनिबार) अछामको साँफेबगनमा हुने चुनावि सभामा नेकपा एसका केन्द्रिय उपाध्यक्ष प्रमेश हमालले सम्बोधन गर्ने छन् । हमालले नै २० गते अछामकै रामारोसनमा, २१ गते बझाङ चैनपुरमा, २२ गते बैतडीको खोड्पेमा र डडेल्धुरामा तथा २३ गते डोटीको बाण्डुसैन वा तल्कोटमा हुने चुनावि सभालाई सम्बोन गर्ने बार्यतालिका रहेको छ । 

त्यबाहेक कैलाली कञ्चनपुरमा पनि चुनावि सभा आयोजना गरिने प्रदेश अध्यक्ष सिंहले बताए । कैलाली, कञ्चनपुरका हुने चुनावि सभामा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पनि ल्याउने बारेमा छलफल भइरहेको प्रदेश अध्यक्ष सिंहले बताए ।