आज सुदूरपश्चिममा ५ जना संक्रमित थपिए

आज सुदूरपश्चिममा ५ जना संक्रमित थपिए

धनगढी

   पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सुदूरपश्चिमका ५ जिल्लामा हरेक जिल्लामा १ जनाका दरले ५ जना कोरोना संक्रमित थपिएका छन ।

   स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डोटीका  १ जनात्रिभुवन शिक्षण अस्पतालमा कैलाली १ जना, रियल टाईम पिसीआर प्रयोगशाला दैलेखमा बाजुराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 यसैगरी आज नै धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कंचनपुरको बेलडाँडी गाउँपालिकाका १ जना र अछाको बान्नीगडी जैगड गाउँपालिकाका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको  छ ।

 स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २५ प्रयोगशालामा ४ हजार ८ सय ६ जनामा परिक्षण गरिएको   हो । त्यसमा देशभरका गरि जम्मा १ सय १८  जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयलले जनाएको छ ।