राजधानीका लागि प्रदेश सरकारले अझै पाएन जग्गा

राजधानीका लागि प्रदेश सरकारले अझै पाएन जग्गा

धनगढी सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश राजधानी निर्माणका लागि अझै जग्गाको अधिकार पाउन सकेको छैन

सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गर्ने भनिएको गोदावरी नगरपालिका का लागि चार सय ४४ बिघा जमिन उपभोग संरक्षणका लागि माग गरेपनि वन मन्त्रालयले भने अझै सो जगगा हस्तान्तरण गर्न सकेको छैन

जग्गाको भोगाधिकारका लागि तत्कालिन प्रदेश सरकारले चार सय ४४ बिघामध्ये आवश्यक जमिन मात्र उपयोगमा ल्याउने बाँकी संरक्षण गर्ने भन्दै वन मन्त्रालयलाई पत्राचार गरेपनि सो विषयमा कुनै निर्णय संघिय सरकारकारले गरेको छैन

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाबाट २०५७ साल असोज १२ गते दुई तिहाइ मतका साथ गोदावरीमा प्रदेश राजधानी निर्माण गर्ने निर्णय गरेको थियो

तत्कालीन सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाले तोकेअनुसार आफ्नो प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी क्षेत्रको नापनक्सांकनसहित चार सय ४४ बिघा जग्गाको भोगाधिकार माग गर्दै २०७५ माघ महिनामा वन मन्त्रालय प्रधानमन्त्री कार्यालयलाई पत्रचार गरेको थियो तर संघिय सरकारले जग्गा दिन आनाकानी गर्दा हाल सम्म पनि प्रदेश सरकारले राजधानी निर्माण प्रक्रिया अिघ बढाउन सकेको छैन