सुदुरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले सुदरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बिहीवार साझ राजीनामा  बुझाएका छन् ।

प्रदेस सभामा बिश्वासको मत लिने कार्यसुची रहे पनि बहुमत नपुग्ने भएपछि शाहले राजीनामा दिएका हुन् ।  बिहीवार बिहान बसेको नेपाली कांग्रेस संसदिय दलको बैठकले राजीनामा दिने वा संसहमा बिश्वासको मत लिने निर्णय गर्ने अधिकार मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको थियो ।

मुख्यमन्त्री शाहले दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची  साँझ ५ बजेका लागि सारिएको थियो । तर, ५ बजे पनि मुख्यमन्त्री शाहको पक्षमा बहुमत नजुटेपछि छ बजे राजीनामा दिएका हुन् ।

सुदुरपश्चिम प्रदेश सभामा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा  परेको शाहले नागरिक उन्मुत्तिः पार्टी, राप्रपा र स्वतन्त्र सांसदको समर्थन मा बहुमत पुरयाउने प्रयास गरेका थिए । नागरिक उन्मुक्ति पार्टी मुख्यमन्त्री शाहलाई बहुमत दिने बारेमा बिभाजन भएपछि शाहले बहमुत पुरयाउन सकेनन् ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले चैत २२ गतेभित्र बिश्वासको मत लिइसक्नु पर्ने थियो ।