एमाले नेता बस्नेत बिरुद्ध प्रहरीमा जबरजस्ती करणीको जाहेरी

एमाले नेता बस्नेत बिरुद्ध प्रहरीमा जबरजस्ती करणीको जाहेरी

काठमाडौं । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री महेश बस्नेत विरुद्ध ३१ वर्षिया एक युवतीले वलात्कार भु्रणहत्याको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् ।

बस्नेत विरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । प्रहरीले एमाले नेता बस्नेतका विरुद्धको उजुरी लिन इन्कार गरेपछि ती महिलाले हुलाक मार्फत पठाएको जाहेरी मुलुकी अपराध संहिता–२०७४ अनुसार प्रहरीमा दर्ता भएको हो ।

जाहेरी दर्ता भएसँगै बस्नेतलाई प्रहरीले सोधपुछ गरेको जनाएको छ । पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी दिएकी थिइन।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार एमाले संगठनमै रहेकी ३१ वर्षीय ति युवतीले बस्नेतलाई भु्रण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जाहेरी दर्ता गराएकी हुन् । पीडितको जाहेरी दर्ता भएको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिएका छन् ।

बस्नेतले आफुलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् ।

पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहल स्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ।

उनीमाथि २ महिना १५ दिनको गर्भ हत्या गरेको आरोप लगाइएको छ । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितको आरोप छ ।