ठाकुर सिंह थारुको   उन्मुक्तिकी अध्यक्ष रन्जितालाई सल्लाह : सबलाई कावाही गरेर एक्लै राज गर्नुस

ठाकुर सिंह थारुको   उन्मुक्तिकी अध्यक्ष रन्जितालाई सल्लाह  : सबलाई कावाही गरेर एक्लै राज गर्नुस

धनगढी । नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य ठाकु सिंह थारुले पार्टी अध्यक्ष रन्जिताले सांसदहरुलाई कारवाही गरेर पार्टी सक्ने लागेको आरोप लगाएका छन् ।

उन्मुक्तिको तर्फका बर्दिया जिल्लाबाट  प्रतिनिधि सभाको उम्मेदवार  भैसकेका थारुले सामाजिक सञ्जाल फेसबुकमा पार्टीका कार्यकर्तालाई  कारवाही गरेर पार्टीको समस्या समाधान नहुने बताएका छन् ।

इन्दिर गिरी र घनश्याम चौधरीलाई कारवाही गरिएको प्रसंग निकाल्दै थारुले लेखेका प्रश्न गरेका छन्  “सुदुरका मा. लक्षमण जोगड्वा, प्रमुख सचेतक लगायत तिन माननीय अझै पनि तपाईंको सम्पर्कमा  आउन चाहनु भएको छैन । उहाँहरुलाई कार्वाही कहिले गर्ने ? मा. घनश्यामलाई आकर्षण हुने  बिधानको दफा बाँकी माननियलाई किन आकर्सित  नहुने ?

अध्यक्ष रन्जितालाई २१ जना बाहेक केन्द्रिय समितिमा कोही नआउन  भन्ने  लागेको हुन सक्ने भन्दै केन्द्रिय सदस्य थारुले भनेका छन्  “ठीक छ २१ जनाबाटै पार्टी चलाउनुस । हामि साधारण सदस्य नै रहुँला । एउटा कुरा याद राख्नु होला कारवाहिले समस्या समाधान हुनै सक्दैन । झन समस्या बल्झिदै गएको छ  सबलाई कार्वाही गर्नुस । एक्लै राज गर्नुस । जनताबिना पार्टि जिउन सक्दैन । मर्छ । जाति छिटो हुन्छ मार्नुस ।  पार्टी सकिए तपाई पनि सकिने हो ।”

लाखौको सपना तपाईका कारण चक्नाचुर भएको उल्लेख गर्दै थारुले  पोष्ट  गरेका छन्  “हाम्रा आँशुले तपाईलाई माफ गर्ने हैन । यहि स्टाटसलाई अधार मानेर मलाई  नि कारवाही गर्नुस । बाँकी जो आज्ञा ।”