उन्मुक्तिका कैलाश चौधरी आज सुदुरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै

उन्मुक्तिका कैलाश चौधरी आज सुदुरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै
कैलाश चौधरी माननीय नागरिक उन्मुक्ति पार्टी

धनगढी ।  नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले सुदुरपश्चिमको मुख्यमन्त्रीको दावी पेश गर्ने भएका छन् ।  नेकपा माओवादी  केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्तिबीच आज बिहान बालुवाटारमा भएको सहमतिपछि उन्मुक्तिका कैलाश मुख्यमन्त्रीको दावी पेश गर्न लागेका हुन् ।

हाम्रो पार्टीका सांसद कैलाश चौधरी आज मुख्यमन्त्रीको दावी पेश गर्दै हुनु हुन्छ ।’ नागरिक उन्मुक्तिका नेता एवम टीकापुर नगरपालिकाका मेयर रामलाल डगौराले भने ‘मुख्यमन्त्रीके दावी पेश गर्ने तयारी भैरहेको छ ।’

मुख्यमन्त्रीको दावी पेश गर्नकै लागि अहिले काठमााण्डौबाट धनगढी आउने काम भैरहेको मेयर डगौराले बताए ।

आज ( आइतबार) बिहाकन बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् ।  बैठकमा माओवादी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए ।

सुदुरपश्चिमका प्रदेश प्रमुखले मुख्मन्त्रीमा दावी पेश गर्न दिएको आज अन्तिम दिन हो । प्रदेश प्रमुखले आइतबार साझ ५ बजेसम्म संविधानको १६८ को उपदफा २ बमोजिम  दावी पेश गर्ने समय दिएका छन् ।