नागरिक उन्मुक्तिका लक्ष्मण किशोरद्धारा सुदुरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश

नागरिक उन्मुक्तिका लक्ष्मण किशोरद्धारा सुदुरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश

धनगढी ।  नासुदगरिक  उन्मुक्ति  पार्टीका लक्ष्मण किशोर चौधरीले रपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।  नागरिक उन्मुक्तिका संरक्षक  रेशम चौधरी पक्षधर लक्ष्मणले नेपाली काँग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र राप्रपा पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । 

नेकपा एमाले र नेकपा माओ केन्द्रको समर्थनमा उन्मुक्तिकै कैलाश चौधरीले  मुख्यमन्त्रीके दावी पेश गर्न लिएको समय भन्दा अगाडी नै लक्ष्मण किशोरले मुख्यमन्त्रीको दावी पेश गरेका हुन् ।  उन्मुक्तिकी अध्यक्ष रन्जिता पक्षधर कैलाशले दिउसो ३ बजे मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी गरेका थिए ।  

समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरी, काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहका बीच समझदारी बनेपछि लक्ष्मण किशोरले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । सुदूरपश्चिम प्रदेशमा काँग्रेसका १८, समाजवादीका चार र चार जना नागरिक उन्मुक्ति पार्टी एक राप्रपाका प्रदेश सभा सदस्यहरू छन् ।