सुदुरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीको पनि दावी पेश

सुदुरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीको पनि दावी पेश

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि दावी पेश गरेका छन् । कैलाश  नागरिक उन्मुक्ति पार्टीको संसदिय दलको नेता आफु भएको भन्दै नागरिक उन्मुक्ति,एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

यसअभि आज नै नागरिक उन्मुक्तिका लम्मण किशोर चौधरीले नेपाली कांग्रेस, उन्मुक्ति, नेकपा एकीकत समाजवादीको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गरेका थिए ।

कैलाश चौधरीले नागरिक उन्मुक्ति पार्र्टीको संसदिय दलको बिधान दर्ता नभएकोले घनश्या सस्दिय दलको नेता नभएको र आफु नेता भएकाृ भन्दै मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।

बालुवाटरमा आइतवार बिहान बसेको केन्द्रीय नेताहरूको बैठकले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिन औपचारिक सहमति भएको भएको थियो ।

नागरिक उन्मुक्ति पार्टीबाटै कैलाश चौधरीले नागरिक उन्मुक्ति पार्टीको विधान दर्ता नभएको लगाएतका कारण देखाउदै मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्। उनले नागरिक उन्मुक्ति पार्टीका सात सदस्यको समेत समर्थन रहेको दाबी गरेका छन् ।