सुदुरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखद्धारा दोश्रो पटक आव्हान

सुदुरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखद्धारा दोश्रो पटक आव्हान

धनगढी । सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाले सुदुरपश्चिमको मुख्यमन्त्रीमा दुई दिनभित्र  दावी पेश गर्न आव्हान गरेका छन् । यसअघि  तीन दिन अघि पेश भएका दुवै दावी अस्वीकृत गर्दै प्रदेश प्रमुख मियाले  १६८ उपदफा २ बमोजि मुख्यमन्त्रीको   दावी पेश गर्न दोश्रो पटक आव्हान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले मंगलबार सुचना जारी गर्दै बैशाख ६ गते साँझ  ५ बजेभित्र दाबी पेश गर्ने समय  तोकेकोे छ । 

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि पेस भएका दुवै दाबीलाई सुदुरपश्चिम पश्चिम प्रदेश प्रमुखले  अस्वीकृत गरेका छन् ।

प्रदेश प्रमुख मियाँले दुवै दाबीको आधार  नपुग्ने भन्दै दुवै दुवै दावी अस्वीकृत गरेका हुन् । दुई दिन सम्मको अध्ययनपछि दावी पेश भएको तेश्रो दिन मंगलबार प्रदेश प्रमुख मियाले  दावी अस्वीकृत गरेका हुन् ।

मुख्यमन्त्रीका लागि उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीले  नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा दावी पेश गरेका थिए । नागरिक उन्मुक्तिकै कैलाश चौधरीले नेकपा एमाले, नेकपा माओवादी र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गरेका थिए । 

नेकपा (एकीकृत समाजवादी) ले लक्ष्मणलाई दिएको समर्थन फिर्ता लिएपछि आवश्यक २७ सिट नपुग्ने र कैलाशको दाबीमा आवश्यक बहुमत नदेखिएको भन्दै प्रस्ताव फिर्ता गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

संघीय सत्ता गठबन्धनले  सुदुरपश्चिममा  नेकपा एसलाई नै मुख्यमन्त्री दिने सहमति गरेपछि मुख्यमन्त्रीका लागि लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता  गरेको पत्र मंगलबार दिउसो नेकपा एसका संसदिय दलका नेता दिर्घसोडारीले प्रदेश प्रमुखलाई बुझाएका थिए ।