देउवा र नेपालीबीच सुदुरपश्चममा सरकार गठनबारे छलफल

एमालेले समर्थन नगरेर कांग्रेसले मुख्यमन्त्रीमा सोडारीलाई समर्थन गर्ने

एमालेले समर्थन नगरेर कांग्रेसले मुख्यमन्त्रीमा सोडारीलाई समर्थन गर्ने

काठमाडौं । सुदुरपश्चिममा  सरकार निर्माणमा केन्द्रित रहेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधनव नेपाल र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा एमालेले समर्थन नदिए सुदुरपश्चिममा दिर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन कांग्रेसले समर्थन दिने सहमति भएको श्रोतले बताएके छ ।

नेपाली कांग्रेसका नेता डा. नारायण खड्काको निवासमा बुधबार बेलुका  नेपाल र  देउवाबीच साँझ ६ बजेदेखि करिब डेढ घण्टा  भएको भेट सुदूरपश्चिम सरकारका बारेमा केन्द्रित रहेको थियो ।

सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्रीमा एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्ने गरी कुरा भएको छ, बैठक स्रोतले भन्यो । केन्द्रीय सरकारमा नयाँ समीकरण बनाउन सकिने बारे पनि कुरा भएको छ ।

सुदुरपश्चिममा सत्ता गठबन्धनले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने निर्णय गरेको छ ।  तर एकीकृत समाजवादीले मख्यमन्त्रीमा अघि सारेका दिर्घलसोडारीलाइृल् एमालेले समर्थन गर्न नसकिने जनाएको छ । एमालेले दिर्घलसोडारी बाहेकलाई मुख्यमन्त्री बनाउन भनेको छ । तर एकीकृत समाजवादीले सोडारीलाई नै बनाउन लबिङ शुरु गरेको हो ।