अन्तिममा एमालेले समर्थन गरेपछि सोडारीद्धारा सुदुरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश

अन्तिममा एमालेले समर्थन गरेपछि सोडारीद्धारा  सुदुरपश्चिमको   मुख्यमन्त्रीमा   दावी पेश

धनगढी । रस्साकस्सीका बीच अन्तिम समयमा नेकपा एमालेले समर्थन जनाएपछि  नेकपा एकीकृत समाजवादीका संसदिय दलका नेता दिर्घ बहादुर सोडारीले सुदुरपश्चिमको मुख्यमन्त्रीमा  दावी पेश गरेका छन् ।

सोडारीले एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (रन्जिता पक्ष) र नेकपा एसको समर्थमा मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

नेकपा एमालेले मुख्यमन्त्री नेकपा एसलाई दिन सहमति गरे पनि मुख्यमन्त्रीमा सोडारी हुन नसक्ने भन्दै   सहमति जनाएको थिएन । नेकपा एसले  एमालेले समर्थन नजनाए काँग्रेसको समर्थन लिने तयारी गरेपछि एमालेले सोडारीको नाममा सहमति  जनाएको हो ।