बझाङमा कांग्रेसका सिंह को ८३ मतले अग्रता

बझाङमा कांग्रेसका सिंह को ८३ मतले अग्रता

धनगढी  । बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता लिएको छ । शुरुदेखि नै अग्रस्थानमा रहेका नेकपा एमालेका दमन भण्डारीलाई ८३ पछि पार्दै नेपाली कांग्रेसका अभिषेक बहादु सिंहले अग्रता लिएका छन् ।

आइतबार दिउसो मतगणना शुरु भएदेखि नै अग्रता लिएका एमालेका भण्डारीलाएः पछि पार्दै सोमबार बिहानदेखि कांग्रेसका सिहले अग्रता लिएका हुन् ।

सिंहले ९१६७ मतका साथ अग्रता लिइरहेका छन भने भण्डारीले ९०८४ मतका साथ पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले ३५३५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३४७ मत पाएका छन् ।