बझाङमा फेरि एमालेका भण्डारीको अग्रता

बझाङको प्रदेश सभा उपनिर्वाचनको मतगणनमा फेरि नेकपा एमालेका दमन भण्डारीले फेरि अग्रता लिएको छ । आज (सोमबार) बिहादेखि अग्रता लिइरहेको कांग्रेसका अभिषेक बहादुर सिंहलाई ९ मतले पछि पार्दै एमालेका भण्डारीले फेरि अग्रता लिएका हुन् ।

आइतबार मतगणना शुरु भएदेखि नै एमालेका भण्डारी अग्रता लिइरहेका थिए । तर सामबार बिहानदेखि कांग्रेसका सिंहले अग्रता लिन शुरु गरेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार भण्डारीले ९ हजार ८८९ मत पाएका छन् भने नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८८० मत पाएका छन् ।

तेस्रोमा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६६३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४०५ मत पाएका छन् ।