बझाङमा एमालेका भण्डारी निर्वाचित

बझाङमा एमालेका भण्डारी निर्वाचित

धनगढी । बझाङमा भएको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको बझाङ (१) को प्रदेशसभा  मतगणनामा ११ हजार ६१३ मत पाएर नेकपा एमालेका भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीलाई नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाएर पछ्याएका थिए ।

बझाङ १ बाट निर्वाचित   पृथ्वी बहादुर सिंहमो सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।