धनगढीमा प्रथम सन्ध्याकालीन सांस्कृतिक  मिनिमेलाको आयोजना हुने

धनगढीमा प्रथम सन्ध्याकालीन सांस्कृतिक  मिनिमेलाको आयोजना हुने

धनगढी ।  धनगढीमा प्रथम सन्ध्याकालीन सांस्कृतिक  मिनिमेलाको आयोजना हुने भएको छ ।  स्थानीय कला संस्कृतिको प्रवद्र्धन गर्न  र मनोरन्जन प्रदान गर्न द टुविन्स अ कम्पिलिट इन्स्टिच्युट अफ डान्सको आयोजनामा आगामी जेठ १ देखि मिनिमेलाको आयोजना हुन लागेको हो ।

धनगढीको नैनादेवी रोड स्थित खुलामञ्चमा आयोजना हुन लागेको मिनिमेला  जेठ १५ गतेसम्म सँचालन हुनेछ ।

मिनिमेला मनोरन्जनका कार्यक्रम र व्यापारका सामानहरु पाइने मेलाका व्यवस्थापक टासी छिरिङ थापाले बताए । गर्मीको समयमा पर्यटन प्रवद्र्धनसांस्कृतिक कार्यक्रमद्धारा स्वास्थ्य, मनोरन्जन प्रदान गर्ने उदेश्यले सन्ध्याकालीन मिनि मेला आयोजना गर्न लागिएको शुक्रवार धनगढीमा आयोजित पत्रकार  सम्मेलनमा थापाले बताए ।

मिनि मेलामा बाल उद्यान (रोटेपिङ, मिक्कीमाउस, डुंगापिङ ), विविध सांस्कृतिक कार्यक्रम, बिद्यालय स्तरिय नृत्य प्रतियोगिता, खुला गायन प्रतियोगिता, बिभिन्न खानपिनका स्टलहरु, व्यापारिक स्टलहरु हुनेछन् ।

मिनिमेलाको प्रवेश गर्दा शुल्क लाग्ने छैन ।

द टुविन्स अ कम्पिलिट इन्स्टिच्युट अफ डान्सका सँचालक केशव बलायरले  सबै प्रकृया पुरा गरेर मिनि मेलाको आयोजना गर्न लागिएको बताए । मिनिमेलामा भरपुर मनो।न्जन प्रदान गरिने बलायरले बताए ।

कार्यक्रम सँचालन गुणाकर पनेरुले  गरेका थिए ।