सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीलाई बिश्वासको मत दिन हतार नगर्न  ओलीको निर्देशन

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले   निर्देशन दिएका छन् ।

 पुर्व प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट पुगेको एमाले सुदुरपश्चिम संसदिय दलका नेता राजेन्द्र सिंह रावलको टोलीलाई बिश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका हुन् ।

अध्यक्ष कमरेडसँग उहाँकै निवास बालकोटमा करिब साढे २ घण्टासम्म कुराकानी भयो, रावलले भने, ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा हतार नगर्नुहोस् भन्नुभयो । समय बाँकी हुँदै मुख्यमन्त्रीले किन हतार गर्नुभएको छ ? भनेर चासो राख्नुभएको थियो ।’