चट्याङले बालकको मृत्यु

चट्याङले बालकको मृत्यु

अछाम- हावाहुरीसँगै परेको चट्याङका कारण अछामको रामारोशनमा एक ६ वर्षीय बालकको ज्यान गएको छ ।

सोमबार बेलुकी परेको चट्याङले रामारोशन गाउँपालिका ७ सुतारका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको निधन भएको हो । 

घरको दैलामा बसेको अवस्थामा टाउकोमा परेको चट्याङले गौरवको घटनास्थलम‌ै निधन भएको पूर्व वडाध्यक्ष खडक भण्डारीले जानकारी दिए ।

फोनको नेटवर्क नभएका कारण बिहान मात्रै प्रहरीलाई जानकारी दिएको भण्डारीको भनाइ छ । 

सोमबार बेलुकी नै परेको चट्याङका कारण सोही वडाका नयाँ राम भण्डारीको एक भैँसी पनि मरेको बताइएको छ ।