आज कैलालीमा २४ जना कोरोना संक्रमित थपिए

आज कैलालीमा २४ जना कोरोना संक्रमित थपिए

धनगढी

   पछिल्लो २४ घण्टामा कैलालीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५ महिला र १९ पुरुष गरी २४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशीक अस्पतालको प्रेश बिज्ञप्तीमा उल्लेख  छ ।

   अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार आईतबार बर्दगोरिया गाउँपालिकाका दुई महिला र ६ पुरुष गरी ८ जना, जोशीपुर गाउँपालिकाका १ महिला र ६ पुरुष गरी ७ जना र गौरीगंगा नगरपालिकाका १ महिला र चार पुरुष गरी पाँच जनामा कोरोना पुष्टि भएको छ ।

   यसैगरी टीकापुर नगरपालिकाका एक महिला र तीन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको सेती अस्पतालको बिज्ञप्तीमा उल्लेख छ । धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ६४ जनाको नमुना परीक्षण गरिएको उल्ल्ेख  छ ।