प्रदेश सरकारको समिक्षा बैठक

मन्त्रालयहरुको बेरुजुप्रति सुदुरपश्चिमका मुख्यमन्त्री असन्तुष्ट

मन्त्रालयहरुको बेरुजुप्रति सुदुरपश्चिमका  मुख्यमन्त्री असन्तुष्ट

धनगढी

  सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्षको बजेट खर्च तथा प्रगतिबारे समिक्षा गरेको छ ।

   मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा सबै मन्त्री तथा सचिव सहित प्रदेशका सबै उच्च पदस्थ कर्मचारीहरुको सहभागितामा भएको समिक्षा बैठकमा बेरुजु रकम बढी रहेकोमा मुख्यमन्त्रीले मन्त्री तथा कर्मचारीहरुसित असन्तुष्टि पोखेका छन् । 

  बैठकले समयमै अख्तियारी नपुग्दा लक्ष्य अनुसार बजेट खर्च हुन नसकेको निष्कर्ष समेत निकालेको छ ।

  समिक्षा बैठकपछि प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै कार्य विधि बनाएर बनाएर चाँडै अख्तियारी पठाउने बिषयमा छलफल भएको बताए । प्रदेश सरकारले चालू आर्थिक बर्षका लागि पेश गरेको बजेट र बजेट संगै पारित भएको बिनियोजन ऐनमा नै आर्थिक बर्षको शुरुवात देखि नै जुन मन्त्रालयका लागि बजेट छुट्ट्याइएको हो, उसले खर्च गर्न पाउने गरी स्वतः अख्तियारी गएको  मानिने गरी कानूनी ब्यवस्था गरेको छ ।

  आर्थिक बर्ष २०७६÷०७७मा ७१ प्रतिशत पुँजीगत बजेट खर्च गरेको उनले जानकारी दिए । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा आर्थिक वृद्धिदर बढेको मन्त्री शाहले दावी गरे ।

  समिक्षा बैठकमा मुख्यमन्त्री भट्टले प्रदेश सरकार गठन भएको तीन बर्ष पुग्न लाग्दा समेत विकासे कार्यालयहरुको प्रगति दर कमजोर रहेको भन्दै असन्तुष्टि ब्यक्त गरेको स्रोतले बताएको छ । मुख्यमन्त्रीले मन्त्रालयहरुके खर्च गर्ने तरिकाले समस्या आउन सक्ने भन्दै सबैलाई सचेत गराएका छन् । उनले महालेखापरीक्षकको ५७औं प्रतिवेदनले आर्थिक बर्ष २०७५÷०६६ कोे ८८ करोड भन्दा बढी रकम बेरुजु देखाएकोमा खर्च गर्ने तरिकाहरुमा समस्या रहेको देखाएकोले नियम अनुरुप नै खर्च गर्न निर्देशन दिएका हुन् ।