जयपृथ्वी राजमार्गमा पहिरो जाँदा बझाङको यातायात अबरुद्ध

जयपृथ्वी राजमार्गमा पहिरो जाँदा बझाङको यातायात अबरुद्ध
तस्बिर : तेजु बोहरा

धनगढी

खोड्पे देखी बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा पहिरो जाँदा बझाङ जिल्लाको यातायात सेवा अबरुद्ध भएको छ ।

राजमार्ग अन्तरगत ढोल्यामोड नजिकै झ्याउ लेकमा सोमबार बिहान  करिव ८ बजेतिर पहिरो गएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।

सडकको आधाभाग पहिरो संगै भाँसिएपछि सडक सुचारु गर्न अझै केही समय लाग्ने छ । हाल सो सडकमा दुई पाङग्रे सवारी मात्रै सञ्चालन हुँदै आएका छन् ।