धनगढी उपमहानगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री वितरण

भौतिक विकास भन्दा मानविय स्वास्थ्यलाई प्राथमिकता दिएका छौं : हमाल

धनगढी उपमहानगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री वितरण

धनगढी धनगढी उप महानगरपालिकाले नगरभित्रका अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री वितरण गर्न थालेको

शरीरका अंगहरु गुमाएका वा प्राकृतिक रुपमै अङ्ग नभएका व्यक्तिलाई कृतिम अङ्ग प्रदान गरी उनीहरुको दैनिकि सहज बनाउने उद्देश्यले सहायक सामाग्री प्रदान गर्न थालिएको धनगढी उप महानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए

शारिरीक अपाङ्गता भएका व्यक्तिलाई सवैले अपहेलित गरिरहेका हुन्छन्, नगर प्रमुख हमालले भने, उहाँहरुको दैनिकी पनि धेरै कष्टकर रहेको हुन्छ, त्यसैले अपाङ्गता भएका व्यक्तिको दैनिकीलाई सहज बनाउन उनीहरुलाई काम गरेर खान सक्ने बनाउन सहायक सामाग्री वितरण गर्न थालेका हौं

उप महानगरले भौतिक विकास भन्दा मानविय स्वास्थ्यलाई विशेष ख्याल गरेर काम गर्ने गरेको हमालले बताए साउनदेखि हामीले वडा स्वास्थ्य क्लिनिकबाटै विशेषज्ञ डाक्टर सहितको सेवा प्रदान गर्दै आएका छौं, नगर प्रमुख हमालले भने, ‘निजी स्वास्थ्य संस्थामा जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था गरेका छौं, सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको , क्यान्सरको परिक्षण शिविर सञ्चालन गरी केही नागरिकलाई उपचारको व्यवस्था गरेका छौं, अहिले अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री वितरण गर्दैछौं

एक किलोमिटर सडक पिच कम भए पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर उप महानगरले काम गरिरहेको उनले बताए भौतिक संरचना भन्दा पनि मानव स्वास्थ्य ठुलो कुरा हो, मेयर हमालले भने, ‘स्वास्थ्य विनाको भौतिक विकासले मानिसलाई खुशी दिन पनि सक्दैन, त्यसैले हामीले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौं

धनगढी उप महानगरपालिकाले माघ तीन गतेदेखि धनगढीको फुलबारीबाट अपाङ्कता भएका व्यक्तिको तथ्याङ्क संकलन गरी उनीहरुलाई आवश्य पर्ने सहायक सामग्रीको विवरण संकलन गरेको थियो

जस अनुसार माघ तीन गते वडा नम्बर१४१८ १९ मा रहेका अपाङ्कता भएका व्यक्तिको तथ्याङ्क संकलन गरिएको थियो ती वडाबाट ५५ जना अपाङ्गता भएका व्यक्तिले सहायक सामाग्री माग गरेको धनगढी उप महानगरपालिका स्वास्थ्य शाखा अधिकृत डा.कृष्ण बोहराले बताए

त्यसैगरी त्यसैगरी माघ गते वडा नम्बर१६, १६ १७ का अपाङ्गता भएका व्यक्तिलाई बोलाई निशुल्क स्वास्थ्य चेकजाँच गरी उनीहरुलाई आवश्यक पर्ने सहायक सामाग्रीको तथ्याङ्क संकलन गरिएको थियो ती वडाबाट ७२ जनाले सहायक सामाग्री माग गरेका छन् बोहराका अनुसार माघ गते वडा नम्बर, १० का अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन गरिएको थियो ती वडाबाट ५२ जनाले सहायक सामाग्री माग गरेका थिए   सोमबार बाकी रहेका वडाबाट अपाङ्कता भएका व्यक्तिको माग संकलनका लागि उप महानगरको कार्यालयमा बोलाइएको थियो  उप महानगरमा पुगेका अपाङ्गता भएका व्यक्ति मध्य ६९ जनाले सहायक सामाग्री माग गरेका छन्

बोहराका अनुसार तीन दिन सम्म विभिन्न वडामाबाट दुई सय ४८ जना अपाङ्कता भएका व्यक्तिले सहायक सामग्री माग गरेका छन् ती मध्य ९१ जनालाई सहायक सामग्री वितरण गरिएको बाँकीलाई केही समय पछि उनीहरुले माग गरे अनुसारका सामग्री वितरण गरिने

कतिपयले कृतिम खुट्टा, कृतिम हात लगायत महंगो सामग्री माग गरेका छन्, बोहराले भने, ‘ती सामग्री निर्माण गरिनुपर्ने भएका कारण केही समय लाग्ने , छडी लगायतका सामग्री भने भेलेमै बाँडिएका छन्

नगर प्रमुख गोपाल हमालले नगरमा धेरै अपाङ्गता भएका व्यक्ति भए पनि कतिपयलाई उप महानगरले सहायक सामग्री प्रदान गर्न थालेको बारेमा जानकारी नभएको हुन सक्ने भन्दै स्वयं सेविकालाई सवैको तथ्याङ्क संकलन गर्न निर्देशन दिएका छन् हामीले सवै वडाबाट सूचना जारी गरेका छौं, हमालले भने, ‘तर पनि कतिपयले सूचना नपाएका हुन सक्छन्, सूचनाको पहुँच बाहिर रहेका कोही छुटेका अपाङ्गता भएका व्यक्ति भए उनीहरुलाई पनि खाजेर सेवा प्रदान गर्न स्वयंसेविकालाई आग्रह गर्दछु