यू–१९ विश्वकप छनौटमा सहभागि खेलाडीलाई प्रदेश सरकारले जनही एक लाख पुरस्कार दिने

यू–१९ विश्वकप छनौटमा सहभागि खेलाडीलाई प्रदेश सरकारले जनही एक लाख पुरस्कार दिने

धनगढी यू१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका क्रिकेट खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एकलाख पुरस्कार तथा प्रदेशको लोगो झल्किने जर्सी तथा अफिसियललाई जनही ५० हजार जसी प्रदान गर्ने घोषणा गरेको

हालै युएईमा सम्पन्न एसिया छनौट खेलमा च्याम्पियन बन्दै नेपाल सन २०२४ मा हुने आईसीसी यू१९ विश्वकप क्रिकेटका लागि छनौंट भएको थियो सो टोलीमा सुदूरपश्चिम प्रदेश घर भएका पाँच खेलाडीले प्रतिनिधित्व गरेका थिए  

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका  पाँच खेलाडी जनही एक लाख चार टिम अफिसियललाई जनही ५० हजार दिने घोषणा गरेको हो

खेलाडीको मनोबल उच्च बनाउन खेल प्रति युवा आकर्षण बढाउन खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्

नेपाली यू१९ क्रिकेट टोलीमा सुदूरपश्चिमका दीपक बोहरा,दिपक बोहरा बी, मिलन बोहरा, हेमन्त धामी आकाश चन्द रहेका थिए यस्तै टिम अफिसियलमा मुख्य प्रशिक्षक जगत टमटा,सहायक प्रशिक्षक धिरेन्द्र चन्दव्यवस्थापक बिक्रम विष्ट,फिजियो पुरन तीरुवा रहेका थिए