धनगढी पोष्ट बुधबार, २६ बैशाख २०८१   May 8, 2024

दिपेन्द्र बने एकै ओभरमा छ छक्का हान्ने पहिलो नेपाली खेलाडी

दिपेन्द्र बने एकै ओभरमा छ छक्का हान्ने पहिलो नेपाली खेलाडी

नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी बनेका छन् । शनिबार एसीसी प्रिमियर कप अन्तर्गत कतार विरुद्ध भएको खेलमा ऐरीले एकै ओभरमा ६ छक्का हिर्काएका हुन् ।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले कतार विरुद्ध २ सय १० रन हानेको छ ।

सो खेलको अन्तिम ओभरमा ऐरी एक्लैले लगातार ५ छक्का हानेका हुन् ।

यसअघि उनले मंगोलि विरुद्ध दुई फरक ओभरमा ६ छक्का हानेका थिए । एकै ओभरमा भने यो पहिलो पटक हो ।

२१ बल खेलेका उनले ३ चौका र ७ छक्कासहित सर्वाधिक ६४ रन जोडे ।