चैतन्यमा खेलसप्ताह सुरु

चैतन्यमा खेलसप्ताह सुरु

धनगढी धनगढी स्थित चैतन्य पाठशालाको खेलसमा खेलसप्ताह सुरु भएको आइतबार चैतन्यमा प्रमुख सल्लाहकार प्राध्यापक डा. हेमराज पन्तले खेलसप्ताह उद्घाटन गरेका हुन्

कार्यक्रममा जिल्ला खेलकुद प्रशिक्षण निर्देशक आश्रम केसी, तेकोन्दो प्रशिक्षक देव राज चौधरी,गोजुरियो कराते प्रशिक्षक प्रकाश चन्द, जिम्न्यास्टिक प्रशिक्षक तीर्थ ओझा, कवाडी प्रशिक्षक लोक वहादुर विष्ट,पत्रकार महासंघ सुप सचिव हरि जोशी ,रातो बांग्ला काठमाण्डौका का प्राध्यापक कमल थापा,विद्यालयका पिटिए अध्यक्ष ईश्वर गिरी ,लगायतको उपस्थिती रहेको थियो

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक कटक वहादुर सिंहले उपस्थित सम्पुर्णलाइ स्वागत गर्दै विद्यालयले खेलकुदलाई प्राथमिकतामा राख्दै स्वास्थ्य शारिरिक विकासमा विशेष महत्व राख्ने बताए साथै खेलकुद लाई हरेक विद्यार्थीलाई अनिवार्य गरिएको यसबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्

विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशीले विद्यालय आफ्नै चैतन्य पाठशाला खेलकुद एकडेमी, फुटसल ,क्रिकेट पिच तेक्वान्दो डोजाङ मार्फत खेलकुद गतिबिधि अघि बढाएको स्तरीय पूर्वाधार निर्माण प्रशिक्षकको ब्यबस्था गरिएकोले विद्यार्थीमा खेलकुदको स्तर राम्रो देखिएको बताए वार्षिक खेल सप्ताहमा २३ ओटा विभिन्न तहगत समुहगत खेल विधामा प्रतिस्पर्धा गर्नेछन् कार्यक्रममा प्रमुख अतिथि प्रा डा हेमराज पन्तले बोल्दै सपोर्ट म्यानसीप फेयर प्लेको अवधारणालाई आत्मसाथ गरी प्रतियोगितामा भागलिनूपर्ने यसले खेलको गरिमा व्यक्तिलाई अनुशासित जीवनयापन गर्न मधतगर्ने कुरा व्यक्त गरेका छन्