सुदुरपश्चिम बिश्वबिद्यालयको उपकुलपतिमा डा. पन्त सहित तीन जानको नाम सिफारिश

सुदुरपश्चिम बिश्वबिद्यालयको उपकुलपतिमा डा. पन्त सहित तीन जानको नाम सिफारिश

काठमाडौँ । उपकुलपति छनोट तथा सिफारिस समितिले सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिको लागि  प्रा. डा.  हेमराज पन्त सहित ३ जनाको नाम सिफारिस  गरेको छ ।  समितिले  प्रधामन्त्रीलाई डा. हेमराज पन्त, प्रा.डा. अक्कल देव मिश्र र प्रा. डा. भावनीदत्त जोशीको नाम सिफारिस गरेको हो ।

उपकुलतिमा सिफारिश भएका  डा. पन्त सुदुरपश्चिम बिश्वबिद्यालयका पुर्व रजियटार हुन् । कैलाली बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख समेत भैसकेका छन् ।  थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पुर्व डिन र गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन् ।

 छनौट तथा सिफारिस समितिले दरखास्त आह्वान   गर्दा प्राप्त  १० जनाको आवेदनबाट छनौट गरेर तीन जनाको नामा सिफारिश गरेको हो । समितिले सोचपत्र र कार्ययोजनाको मुल्यांकनपछि अन्तर्वार्ता लिएर ३ जना सिफारिस गरेको हो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएको थियो ।

सिफारिस भएकामध्ये एक जनालाई कुलपति तथा प्रधानमन्त्रीले उपकुलपतिमा नियुक्त गर्ने व्यवस्था छ । पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय गत फागुनदेखि उपकुलपतिविहीन छन्  ।