धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

धनगढीमा भोकेस्नल स्कुलबाट तालिम पाएका ४१ जनाले पाए रोजगारी

धनगढीमा भोकेस्नल स्कुलबाट तालिम पाएका ४१ जनाले पाए रोजगारी

धनगढी धनगढी उप महानगरपालिकाको भोकेस्नल स्कुलबाट तालिम पाएका मध्य ४१ जनाले रोजगारी पाएका छन्

यो वर्ष धनगढी उप महानगरपालिकाले नगरका ८९ जनालाई भोकेस्नल तालिम प्रदान गरेको थियो धनगढी उप महानगरपालिकाले नेपाल युथ फाउन्डेसनसँगको सहकार्यमा चलाइएको भोकेस्नल स्कुलबाट यो वर्ष चार वटा तालिम सम्पन्न भएका थिए

नेपाल युथ फाउन्डेसनको सहकार्यमा २०८० असोज गते खुलेको धनगढी भोकेस्नल स्कुलमा यो वर्ष चार वटा तालिम सम्पन्न भएका छन् पहिलो चरणमा प्लम्बिङ्ग इलेक्टिकल तालिम भएको थियो पहिलो चरणमा असोजदेखि भएको तालिममा ५२ जना सहभागी मध्ये २७ जनाले प्लम्बिङ्ग  २५ जनाले इलेक्ट्रिकल तालिम लिएका हुन्

दोस्रो चरणमा भएको वेल्डिङ सहायक फर्निचर मेकरको तालिममा ३७ जना सहभागी भएकोमा शुक्रवार तालिम समापन भएको दोस्रो चरणमा वेल्डिङ सहायकको ५५० घण्टे तालिममा २१ तथा ३९० घण्टे फर्निचर मेकर तालिममा १६ जनाले तालिम लिएका छन् तालिम समापन पश्चात् उपप्रमुख कन्दकलाकुमारी रानाले युवाहरूलाई प्रमाण पत्र वितरण गरेकी हुन्

उनले उप महानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार रोजगार तथा स्वरोजगार हुन् सहयोग गर्न युवाहरूलाई विभिन्न तालिम दिन भोकेस्नल स्कुल खोलेको बताइन् तालिम पश्चात् युवाहरू आयआर्जन गर्न सक्षम हुने आर्थिक रुपले आत्मनिर्भर हुने विश्वास व्यक्त गरिन् कार्यक्रममा वडा नम्बर १८ का अध्यक्ष भुवन रिजाल निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीको समेत उपस्थिति रहेको थियो

पहिलो चरणमा तालिम लिएका ५२ जना मध्ये ३३ जनाले ओजिटीकै क्रममा रोजगारी पाएका छन् पहिलो चरणमा तालिम लिएका ३३ अहिले दोस्रो चरणमा तालिम लिएका थप जनासहित ४१ जनाले तालिम पश्चात् रोजगारी पाएको धनगढी उप महानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताए   ‘युवाहरूलाई लक्षित गरेर चलाइएको तालिममा अहिलेसम्म ८९ जनाले तालिम लिएका छन्, उनले भने, ‘जसमध्ये  ४१ जनाले ओजिटीकै क्रममा रोजगारी पाएका छन् भने केहीले आफैं काम गर्न थालेका छन्

धनगढी उप महानगरपालिकाले नेपाल युथ फाउन्डेसनसँग चालु आर्थिक वर्षमा चार वटा तालिम सञ्चालन गर्ने सम्झौता गरेको थियो धनगढीसहित अन्य पालिकाका बेरोजगार युवाहरूलाई तालिम दिन खोलिएको भोकेस्नल स्कुलमा चार वटा तालिम दिन  ५२ लाख खर्च भएको रोजगार संयोजक महराले बताए जसमध्ये २७ लाख युथ फाउन्डेसन १५ लाख धनगढी उप महानगरपालिकाले व्यवस्थापन गरेको हो तालिम लिने मध्ये फूलबारी क्षेत्रभन्दा बाहिरका युवाहरूलाई यातायात खर्च बापत मासिक हजार दिइएको महराले बताए