धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

श्री कलेज धनगढी कप फुटवल :  होलिल्याण्ड र एलायन्स बिजयी

श्री कलेज धनगढी कप फुटवल :  होलिल्याण्ड र एलायन्स बिजयी

धनगढी । धनगढीमा जारी श्री कलेज धनगढी कप फुटवल प्रतियोगितामा होलिल्याण्ड सेकेन्ड्री स्कुल अत्तरिया र एलायन्स इन्टरनेश्नल स्कुल धनगढी बिजयी भएका छन् । मंगलबार भएका दुई खेलमा होलिल्याण्ड र एलायन्स बिजयी भएका हुन् ।

धनगढी रगंशालामा भएको पहिलो खेलमा होलिल्याण्ड सेकेन्ड्री स्कुल अत्तरियाले धनगढी स्थित कैलाली मोडेल माध्यमिक बिद्यालयलाई ५–० गोल अन्तरले पराजित गर्यो । होलिल्याण्ड सेकेन्ड्री स्कुलका मिलन बोहराले कैलाली मोडेलका बिरुद्ध ४ गोल हान्न सफल भए भने होलिल्याण्डकै पारस ऐजी र जिवन शाहीले १÷१ गोल थपे । होलिल्याण्डका बिरुद्ध कैलाली मोडेलले कुनै गोल फर्काउन सकेन । यससंगै कैलाली मोडेल प्रतियोगिताबाट बाहिरिएको छ ।

यस्तै मंगलबार नै भएको दोश्रो खेलमा धनगढीको एलायन्स इन्टरनेश्नल स्कुल बिजयी भएको छ । दोश्रो खेलमा एलायन्स इन्टरनेश्नल स्कुलसंग अत्तरियाको लोटस आइ स्कुल ४–२ गोल अन्तरले पराजित भयो । खेलको निर्धारित समयसम्म बराबरीमा बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा एलायन्स इन्टरनेशनलले ४ गोल प्रहार गर्दा उसका बिरुद्ध होलिल्याण्डले २ गोल मात्रै फर्काउन सक्यो । यससंगै होलिल्याण्ड स्कुल प्रतियोगिताबाट बाहिरिएको छ ।

१० बिद्यालय सहभागी प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्था लिटल फ्लावर स्पोट्स एण्ड इभेन्ट प्रा.लि.का अध्यक्ष रामचन्द्र शाहीले बताएका छन् । सर्वोत्कृष्ट खेलाडीले नगद ६ हजार, उत्कृष्ट गोलकिपरले नगद ३ हजार, उदयमान खेलाडीले नगद ३ हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५ सयका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।