२४औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल सुरु

२४औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल सुरु

धनगढी कैलारी गाउँपालिकामा २४औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु भएको

न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा कैलारी मा महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु भएको हो प्रतियोगिताको एक समारोह बीच कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती चौधरीले उद्घाटन गरिन्

क्लबका अध्यक्ष वृक्षलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका विशिष्ठ अतिथि निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तिर्थराज पन्त, सुदुरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमाल रहेका थिए । 

प्रतियोगिताको उद्घाटन खेलमा वरपपिल युवा क्लब विजयी भएको वरपिपल युवा क्लबले चर्च युवा क्लबलाई गोल अन्तरले हराएको हो नकआउटका आधारमा भईरहेको प्रतियोगिताको पुरुष तर्फ २५ टीमको सहभागीता रहेको भने महिला तर्फ टीमको सहभागीता रहेको पुरुष तर्फको विजेताले नगद एक लाख सहित ट्रफी उपविजेताले नगद ५० हजार सहित ट्रफी पाउने क्लबका अध्यक्ष बृक्षलाल चौधरीले जानकारी दिनुभयो यस्तै महिला तर्फको विजेताले नगद २५ हजार सहित ट्रफी उपविजेताले नगद १५ हजार सहित ट्रफी पाउने छन्

प्रतियोगिता असोज गतेसम्म आयोजना हुनेछ ।प्रतियोगिताको मुख्य प्रबद्र्धकमा कैलारी गाउँपालिका सहप्रबद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको वि.. २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ती युवा क्लबले अटवारी तिजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको