सत्याग्रहका लागि गेटा आउँदै डा. केसि

सत्याग्रहका लागि गेटा आउँदै डा. केसि

धनगढी स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै विगत देखिनै सत्याग्रह बस्दै आएका डाक्टर गोविन्द केसीले कैलालीको गेटाबाट पुनः सत्याग्रह गर्ने भएका छन्

शुक्रबार दिउँसो सत्याग्रह गर्ने घोषणा गरेको केसि शुक्रबारनै धनगढी पुगेर प्रस्तावित दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबाट सत्याग्रह सुरु गर्न लागेका हुन्

संक्रमणकालीन न्याय चिकित्सा शिक्षासँग सम्बन्धित बुँदे माग अगाडि सार्दै केसीले शुक्रबार साँझदेखि निर्माणाधिन गेटा अस्पतालमा सत्याग्रह शुरु गर्ने भएका हुन्

डाक्टर केसीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई प्रमुख मागका रुपमा अगाडि सारेका छन्। केसीले विज्ञप्ति गर्दै सार्वजनिक गरेका बुँदे मागको पहिलो बुँदामा संक्रमणकालीन न्याय प्रक्रियालाई चाँडो टुंगोमा पु¥याउनुपर्ने बताइएको केसीको मागको पहिलो बुँदामा भनिएको , ‘सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पु¥याइयोस्

डा केसीले चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित रहेर यसअघि आफूसँग भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने विषयलाई दोस्रो मागका रुपमा अगाडि सारेका छन् डा केसीले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्न माग गरेका छन्