गेटामा स्वास्थ्य सेवा सञ्चालन हुन नदिन चलखेल भयो : केसी

डा. केसीले तोडे तीन दिने अनसन

डा. केसीले तोडे तीन दिने अनसन

धनगढी स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २१औं पटक तीन दिने अनसन बसेका डा. गोविन्द केसीले सोमबार अनसन तोडेका छन्

डा. केसीले सोमबार धनगढी की २९ बर्षिया रेणुका चौधरी धनगढी की १८ बर्षिया किशोरी अञ्जली नेपालीको हातबाट जुस खाएर आफ्नो तीन दिने अनसन तोडेका हुन्

गेटामा मेडिकल प्रतिष्ठानको काम समयमै अघि बढाइनु पर्ने, सान्ति प्रक्रियाको बाँकी काम यथासिघ्र समाधान गरिनुपर्ने लगायत तीन बुदे माग राखेर मंसिर २९ गते गेडा स्थित प्रस्तावित दशरथ चन्द मेडिकल कलेजमा अनसन बस्न आएका थिए तर सरकारले मेडिकल विश्वविद्यालयको काम अघि बढाई सकेको अवस्थामा डा. केसीले मेडिकल प्रतिष्ठानको माग ल्याएर प्रक्रिया वेथोल्न खोजेको भन्दै मेडिकल कलेज सञ्चालन संघर्ष समितिले उनलाई फर्काएका थिए

गेटामा अन्सन बस्न नपाएपछि डा. केसी धनगढी स्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका थिए

अनसन तोड्दै डा. केसीले गेटामा मेडिकल विश्वविद्यालय बनाउने नाममा जनतालाई ठग्नेकाम भइरहेको आरोप लगाएका छन् मेडिकल विश्वविद्यालय सञ्चालनका लागि त्यहाँको अध्ययननै भएको छैन, केसीले भने, ‘हचुवाको भरमा जनतालाई भ्रममा पार्न त्यसो गर्न खोजिएको , मेडिकल विश्वविद्यालयका नाममा गेटामा कुनै सेवा सञ्चालन गर्न नदिने चलखेल भइरहेको डा. केसीले यथार्थ नबुझि गेडामा मेडिकल विश्वविद्यालय सञ्चालनको रटान नगर्न पनि सुझाव दिएका छन्

मैले स्वास्थ्य सेवाका बारेमा राम्ररी बुझेको छु, डाक्टर केसीले भने, ‘मेडिकल विश्वविद्यालय सञ्चालन कसी हुन्छ, त्यसको प्रक्रिया कस्तो हो भन्ने पनि मैले बुझेको छु सरकारले ती कुनैपनि प्रक्रिया अघि बढाएको छैन, त्यसैले मेडिकल विश्वविद्यालय बनाउन तत्काल सम्भव छैन, अहिले मेडिकल प्रतिष्ठान सञ्चालन गरेर जनतालाई सेवा दिन सुरु गरौं पछि विश्वविद्यालय सञ्चालन गर्ने बाटो पनि हुने , तर जनतालाई तत्काल सेवा दिनुपर्न भन्ने मेरो मान्यता हो

उनले यहाँका निजी स्वास्थ्य संस्थाहरु विरामी घट्ने डरले गेटामा सेवा सञ्चालन गर्न नदिन लागिपरेका समेत बताए डा. केसीले गेटामा आफुले लडेर मेडिकल प्रतिष्ठान बनाउने सहमति भएको अहिले आफुलाई जानकारी नै नदिएर मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाएको भन्दै दुःखेसो पोख्ने भाव प्रकट गरेका थिए

डा. केसीले गेटामा मेडिकल कलेज सञ्चालन भइहालेपनि राजनीतिक स्वार्थ पुरा गर्न, कमिसन खान केहीका लागि भ्रष्ट्राचार गरेर कमाएको सम्पतिलाई बैधानिक बनाउनका लागि मात्रै सञ्चालन हुने बताए हिजो अस्तीनै गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गरेर तत्काल अन्य स्वास्थय संस्थालाई अनुबन्धन दिन सुरु गर्नुपर्छ भन्ने धारणा आइसकेका छन्, केसीले भने, ‘त्यो भनेको जनतालाई सेवा दिन नभई कमिसन खान भ्रष्ट्राचार गर्नका लागि गरिएको खेल हो, यो कुरा यहाँको संघर्ष समितिले बुझ्न जरुरी

दुर्गा प्रसाई ठग भएको आरोप

डा. केसीले मेडिकल व्यवसायी दुर्गा प्रसाई ठग भएको उनलाई जेल चलान गरिनु जरुरी रहेको प्रतिक्रिया दिएका छन्

मत दुर्गे भन्छु, दर्गा जस्तो भगवानको नामबाट त्यसता व्यक्तिलाई पुर्कार्न मिल्दैन, केसीले भने, ‘राजनीतिक संरक्षणमा बसेर उसले ज्याजदी गरेको , फ्रड गरेको , ठगेको , त्यसता व्यक्तिलाई कारवाही हुनु पर्दछ डा. केसीले दुर्गा प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिन आफुले रोकेको भन्ने कुरा भ्रम मात्रै रहेको बताए मेडिकल मापदण्ड सरकारले बनाएको , सवै प्रक्रिया पुरा गरे सरकारले सञ्चालनको अनुमति देला, तर प्रसाई कुनै प्रक्रिया पुरा नगरेर राजनीतिक आडमा अनुमति लग्न चाही रहेका छन्, त्यो कुराको जनताले विरोध गर्नु स्वभाविक हो

दुर्गा प्रसाईले प्रक्रिया विनानै मेडिकल कलेज सञ्चालनका लागि सुरुमा पुष्पकमल दहाल प्रचण्डलाई फकाएको, उनिबाट नभएपछि केपि ओलीलाई फकाएको अहिले आरजु देउवालाई फकाउन लागिपरेको आरोप लगाए तर प्रक्रिया पुरा नगरी अनुमति लग्ने प्रयास गरेमा जनताले फेरी पनि बिरोध गर्ने छन, एउटा सचेत नागरिकको हैसियतले पनि बिरोध गर्नेछ, कसैको धाक धम्कीबाट डराउने वाला हैन