प्याब्सन कैलाली देशकै उत्कृष्ट संगठनका रुपमा सम्मानीत

प्याब्सन कैलाली देशकै उत्कृष्ट संगठनका रुपमा सम्मानीत

धनगढी निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को कैलाली संगठन देशभरकै उत्कृष्ठ संगठनका रुपमा सम्मानीत भएको

प्याब्सन दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन२०८० मा उल्लेखनीय गुणात्मक सहभागिता उत्कृष्ट गतिविधि तथासक्रियतामा अग्रणी भूमिका निर्बाह गरेको प्याब्सन कैलालीलाई सम्मानीत गरिएको हो

प्याब्सन केन्द्रीय कार्यसमितिको आयोजनामा काठमाण्डौमा सम्पन्न प्याब्सन दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन २०८० मा सम्मान गरिएको हो देशभरका ७७ वटै जिल्लाका प्याब्सन संगठनहरु मध्ये कैलाली जिल्ला प्याब्सन बर्षभरी गरेका उत्कृष्ट गतिबिधि, प्याब्सनका नीति निर्देशनको पूर्ण पालना प्याब्सनको प्प्याब्सन दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन२०८० मा संख्यात्मक हिसावले सबैभन्दा बढि सहभागिता जनाए वापत उत्कृष्ट प्याब्सन जिल्ला समितिका रुपमा सम्मानित भएको हो

प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले प्याब्सन दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन२०८० मा कैलाली जिल्ला प्याब्सनलाई उत्कृष्ट प्याब्सनका रुपमा घोषणा गरेका हुन् प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहले कैलालीलाई उत्कृष्ट प्याब्सनका रुपमा सम्मानित गरेकोमा प्याब्सन केन्द्रीय समितिलाई धन्यवाद दिएका छन्