सुदूरपश्चिमका उसु खेलाडी सवार बस दुर्घटना एक खेलाडीको मृत्यु

मृतक खेडाडी र घाइते खेलाडीको सहयोगका लागि सुदूरपश्चिम प्रदेश खेलकुल परिषदले अपिल गरेको छ ।

सुदूरपश्चिमका उसु खेलाडी सवार बस दुर्घटना एक खेलाडीको मृत्यु

धनगढी सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले सुदूरपश्चिमका उसु खेलाडी सवार बस दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएको

मृत्यु हुनेमा धनगढी१२ की उसु खेलाडी निता खड्का रहेकिछन् हेटौडामा सम्पन्न अन्तरप्रदेश स्तरिय उसु प्रतियोगिता खेलेर फर्कने क्रममा सुदूरपश्चिमका उसु खेलाडी सवार सुप यातायातको ३३९२ नम्बरको बस कपिलवस्तुको चन्द्रौटाबाट करीव १५ किमी पश्चिम स्थित चोरखोलामा शनिबार बिहान बजे दुर्घटना भएको थियो मृतक खेडाडी घाइते खेलाडीको सहयोगका लागि सुदूरपश्चिम प्रदेश खेलकुल परिषदले अपिल गरेको

दुर्घटना प्रति दुख ब्यक्त गर्दै प्रदेश सरकारले मृतक घाईते परिवारलाई सहयोग गर्न अनुरोध गरेको हो प्रदेश खेलकुद परिषद् सदस्य सचिव दिपक बहादुर सिंहले आज एक विज्ञप्ती जारी गर्दै बस दुर्घटनामा निधन भएका मृतक खेलाडीप्रति श्रद्धाञ्जली घाइतेको शिघ्रस्वास्थ्य लाभको कामना ब्यक्त गरेका हुन् साथै उनले मृतक परिवारलाई उचित क्षतिपूर्ति घाइतेहरुको उपचारको लागि आवश्यक सहयोग गरिदिन सुदूरपश्चिम प्रदेश सरकारसँग विशेष अनुरोध गरेका छन्

दुर्घटनामा परी खेलाडीहरु पुष्पा कुँवर, सपना तामाङ्ग, सृजना विसी, मुकेश कार्की, अस्मिता गाहामगर, अभी महतो, हरिचन्द्र कार्की, दिपक चौधरी ज्ञानु विक तथा निर्णायकहरु खुशीराम चौधरी, राजीव गुप्ता एलिसा खाती घाइते भएका छन् बसमा ३४ जना उखु खेलाडी सहभागि रहेको जनाइएको

कैलाली जिल्ला खेलकुद बिकास समितीका उसु खेदकुद सहायक प्रशिक्षक रतन खातीले सांधुरोबाटो भएकाले ओभरटेक गर्दा बस दुर्घटनामा परेको बताए बस पल्टीदा बिद्यार्थी खसेकाले च्यापिएर मृत्यु भएको उनले बताएका छन्