चुरेको प्राथमिकतामा स्वास्थ्य

चुरेको प्राथमिकतामा स्वास्थ्य

धनगढी कैलालीको दुर्गम पालिकामा पर्ने चुरेका स्वास्थ्य सेवा अझै प्रभावकारी छैन सामान्य अप्रेसनका लागि पनि चुरेका नागरिकले धनगढी लगायत नेपाल भारतका विभिन्न स्थान धाउनु पर्ने बाध्यता अहिलेपनि कायमै रहेको

चुरे वासीमा समस्यालाई मध्यनजर गर्दै पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न थालेको जनाएको चुरेमा स्वास्थ्यको अवस्था राम्रो छैन, चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले भने, ‘पालिकाले धेरै सुधार गर्नत सक्दैन, तर आधरभुत स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउन हामीले काम गरिरहेका छौं

उनका अनुसार चुरे गाउँपालिकाले चालु आर्थिक वर्षका लागि एक करोड ६० लाख रुपैयाँ बजेट छुट्याएर काम गर्दै आएको सो बजेटले चुरोको आधारभुत स्वास्थ्यलाई बलियो बनाउन योजनाबद्ध काम भइरहेको अध्यक्ष बोगटीले बताए

गत आर्थिक बर्षमा पनि पालिकाले एक करोड भन्दा बढी बजेट विनियोजन गरेर काम गरेको हो, अध्यक्ष बोगटीले भने, ‘त्यसले यहाँका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा पाउन केही मद्धत मिलेको

चुरे गाउँपाकिले वटा स्वास्थ्य क्लिनिकलाई प्रभावकारी बनाउन विशेष काम गरिररहेको उनले बताए प्रत्येक वर्ष पालिकामा स्वास्थ्य क्षेत्रका लागि मात्रै एक करोडभन्दा बढी बजेट विनियोजन गर्दै आएका छौँ, उनले भने, ‘पालिकामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाई सहज रुपमा नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने काम हामीले गरेका छौँ अध्यक्ष बोगटीका अनुसार अहिले चुरेका स्वास्थय संस्थामा ओपिडि सेवा समेत निशुल्क गरिएको ओपिडि निशुल्क गरेका छौं, अध्यक्ष बोगटीले भने, ‘धेरै औषधीहरु पनि निशुल्क छन्, ठुलो रोग लागेका नागरिकलाई बाहिर गएर उपचार गर्न पनि हामीले सघाउने गरेका छौं

उनले पालिकाबाटै सेवासुविधा प्रदान गर्ने गरी करिब ३० जनाभन्दा बढी स्वास्थ्यकर्मी भर्ना गरिएको बताए पुराना तीन ओटा गाविस छँदादेखिकै वटा स्वास्थ्य केन्द्रहरु यहाँ थिए, त्यसमा वटा पालिकाले थपेको उनले भनेति सबैमा जनशक्तिहरु पछिल्लो समय सबै पालिकाले भर्ना गरेर राखेको उनीहरुलाई आवश्यक सेवा सुविधा पनि पालिकाबाटै दिने गरेका छौँ