सामुदायिक शिक्षाको गुणस्तर सुधार धनगढी उपमहानगरपालिकाको काठमाण्डौ बिश्वबिद्यालयसँग सम्झौता

उपमहनगरपालिकाले  यो वर्ष घोषणा गरिएका पाँच र आगामी वर्षबाट नमुना बनाउने पाँच विद्यालयको गुणस्तरीय तथा प्राविधिक शिक्षालाई प्रभावकारी कार्यान्वयन गर्न सम्झौता गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

सामुदायिक शिक्षाको गुणस्तर सुधार धनगढी उपमहानगरपालिकाको काठमाण्डौ बिश्वबिद्यालयसँग सम्झौता

धनगढी । धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई नमुना बनाउन काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन र धनगढी उप–महानगरपालिकाबिच सहमति भएको हो । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र काठमाडौँ विश्व विद्यालयका उप–कुलपति प्रा. डा. भोला थापाले पाँच वर्षको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उपमहनगरपालिकाले  यो वर्ष घोषणा गरिएका पाँच र आगामी वर्षबाट नमुना बनाउने पाँच विद्यालयको गुणस्तरीय तथा प्राविधिक शिक्षालाई प्रभावकारी कार्यान्वयन गर्न सम्झौता गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । 

काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले सिपिइसि युनिट मार्फत कार्यक्रमलाई कार्यान्वयन गर्ने छ । कार्यक्रमको सुरुवातमा सिपिइसि युनिटले धनगढी उप–महानगरपालिका अन्तर्गतका विद्यालयहरूमा अध्ययन गरि आवश्यकता पहिचान गर्ने छ । उक्त आवश्यकता पहिचानको आधारमा आगामी पाँच वर्षका लागि कार्यक्रमको कार्ययोजना तयार गरि लागु गरिने छ । कार्यक्रमलाई पहिलो वर्षमा पाँच वटा विद्यालयहरू छनौट गरि कार्यक्रम कार्यान्वयन गरिने र सम्झौता अवधिभरमा उपमहानगरपालिकाका सबै विद्यालयमा कार्यान्वयन गरिने सहमतिमा उल्लेख छ ।

सम्झौताको क्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, स्कुल अफ आर्टस्का डीन इकुमाया पुन लगायत स्कुल अफ एजुकेशनका विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

धनगढी उपमहानगरपालिकाले यो वर्ष वडा नम्बर ११ को ठेकराज माध्यामिक विद्यालय, वडा नम्बर १२ को सिद्धनाथ, वडा नम्बर १६ को बेहडाबाबा, वडा नम्बर १८ को चन्द्रोदय र वडा नम्बर ९ को भवानीलाई नमुता विद्यालय बनाउने कार्यक्रम रहेको छ ।