चैतन्यले मनायो माघी

चैतन्यले मनायो माघी

धनगढी धनगढी स्थित चैतन्य पाठशालाले विद्यार्थी तथा अभिभावकसंग माघी पर्व मनाएको

शिक्षा संस्कारको संगम चैतन्यपाठशाला नारा सहित चैतन्यले यस क्षेत्रमा मनाईने हरेक सांस्कृतिक कार्यक्रमलाई विद्यालयमा पनि आयोजना गर्दै आएको सोही योजना अनुरुप शुक्रबार अभिभाव विद्यार्थीसंग बसेर माघि माघी पर्व मनाइएको चैतन्य पाठशालाका अध्यक्ष गणेश जोशीले बताए

पूर्विय शिक्षा प्रणाली संगै हाम्रा कला संस्कृतिको पुस्तान्तरण गर्नु पर्छ भन्ने हाम्रो मात्यता हो, अध्यक्ष जोशीले भने, ‘त्यसलाई साकार पार्न हामीले विद्यालयमा शिक्षा संगै यस क्षेत्रमा मनाईने संस्कृति संस्कारहरुलाई पनि वलम्बन गर्दै आएका छौं विद्यार्थीलाई पढाईले मात्रै नपुग्ने भन्दै अध्यक्ष जोशीले भने, ‘बाह्य ज्ञान हाम्रो संस्कृतिको बारेमा जानकारी लग्नु विद्यार्थीका लागि अतिनै अपरिहार्य हुन्छ, त्यसले मानिसलाई नैतिकवान, राष्ट्रप्रति जिम्मेवार इमान्दार बनाउछ

शिक्षा विद डा हेमराज .पन्तले हाम्रो कला सस्कृति विशिष्ट भएपनि त्यसलाई बचाउनु अहिलेको चुनौति रहेको बताए उनले सुदुरपश्चिमको पहिचान यहाँको चिनारी भएको भन्दै त्यसलाई अंगाल्दा हिनता बोध नभई गौरवान्वित हुनुपर्ने बताए तर पछिल्लो पंतिका युवाले हाम्रो संस्कृतिजागेर्ना गर्न त्यती रुचि देखाए जस्तो देखिदैन, चैतन्य पाठशालाका प्रमुख सल्लाकार तथा चैतन्य ईन्सिच्चुट रिसर्च एण्ड डेभलपमेन्ट अध्यक्ष समेत रहेका पन्तले भने, ‘चैतन्यले त्यही भावनालाई बुझेर संस्कार संस्कृतिमा पनि विद्यार्थीलाई सहभागि गराउँदै आएको , यो सह्राहनीय कार्य

चैतन्य पाठशालाका साहयक प्रधानाध्यापक कटक बहादुर सिहँले कला सभ्यता सँगै संस्कृती जोगाउने गर्ने हाम्रो पहिलो उदेश्य रहेको बताए शिक्षासँगै कला संस्कृतीको मुल्य मान्यता बिद्यार्थीहरुमा जागृती गराउने दक्ष, क्षमतावान, अब्बल बिद्यार्थी उत्पादन गर्ने उदेश्य चैतन्य पाठपाशालाको रहेको बताउँदै माघी मिलनको  पर्वको शुभकामना दिए

उनले शिक्षा संस्कारकै कारण अहिले संस्कृतीको बिकास भैरहेको बताउँदै शिक्षाले संस्कार संस्कारले शिक्षालाई जोड्ने पुलको काम गरेको बताए

कार्यक्रममा धनगढी५का वडा अध्यक्ष गजेन्द्र बहादुर शाही, वडा नम्बर६का वडा अध्यक्ष भागीराम चौधरी,वडा, वडा नम्बर७का वडा अध्यक्ष मोतीलाल राना, वडा नम्बर ८का वडा अध्यक्ष जगुराम चौधरी, चैतन्य पाठशालाका पिटी ,अध्यक्ष ईश्वर गिरी लगायतको सहभागिता रहेको थियो

 

कार्यक्रममा विद्यार्थी तथा अभिभावकले सांस्कृति कार्यक्रम, माघिमा खाइने खानाका परिकार सहित माघि मनाएका थिए त्सस्तै चैतन्य पाठशालकाका अध्यक्ष गणेश प्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शिक्षीका  हेमा जोशीले गरेकि थिइन्