सीमामा जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीले ५ महिनादेखि पाएनन् तलब

सीमामा जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीले ५ महिनादेखि पाएनन् तलब

धनगढी सीमा नाकाका कोरोना संक्रमणको जोखिम मोलेर काम गर्दै आएका स्वास्थ्यकर्मीले महिना देखि तलव नपाउँदा काम गर्न समस्या भएको गुनासो गरेका छन्

दैनिक भारतबाट फर्कने नागरिकको कोरोना परिक्षण गर्दा आफुपनि संक्रमणको उच्च जोखिममा रहने सुदूरपश्चिमका सवै नाकामा बस्ने स्वास्थ्यकर्मीले महिना देखि तलव नपाएको पाइएको हो

स्वास्थ्य निर्देशनालयले भने विभागबाट तलव निाकसी नहुदा कर्मचारीलाई तलव दिन नसकिएको जनाएको

सीमा नाकामा काम गर्ने स्वास्थयकर्मीले गत साउन देखि तलब नपाएको बताएका छन् साउनमा तलब खाएको त्यसपछि बजेट छैन भन्दै तलब पाइएको छैन, अब खर्च चलाउन समेत गाह्रो भइसक्यो, गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज प्रेमसिंह भण्डारीले भने, ‘पारिश्रमिक मात्रै होइन करार पनि थपिएको छैन, काम गर्दै गर्नुस् करार थपिन्छ भन्छन्, करार थपिन्छ, पारिश्रमिक आउछ गड्डाचौकी हेल्थ डेस्कमा १२ जना स्वास्थ्यकर्मी कार्यरत छन्

गौरीफन्टा नाकामा रहेको हेल्थडेस्कमा पुसदेखि कोरोना परीक्षणमा कडाई गरिएको हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले बताए महिनादेखि पारिश्रमिक नपाएरै काम गरिरहेका छौं, साउँदले भने, ‘निर्देशनालयमा बुझ्दा विभागबाटै आएको छैन भन्ने खबर आउँछ, पारिश्रमिक कहिले पाइने हो कुनै ठेगान छैन

पुस पहिलो साता भारतबाट घर फर्किने जनामा संक्रमण देखिएको थियो दिल्ली, बेङ्लौर चन्दीगढलगायतका क्षेत्रबाट आएकामा संक्रमण देखिएको थियो गड्डाचौकीमा अहिले दैनिक २५÷३० जनाको परीक्षण भइरहेको

सुदूरपश्चिममा गौरीफन्टा गड्डाचौकीसँगै बैतडीको झुलाघाट दार्चुलामा गरी स्थानामा हेल्थ डेस्क स्थापना गरिएको हेल्थ डेस्क स्थानीय तहहरुले स्थापना गरे पनि कर्मचारीको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्दै आएको विभागबाटै बजेट निकासा नभएका कारण तलब दिन नसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड फोकल पर्सन हेमराज जोशीले बताए

जोशीका अनुसार सुदूरपश्चिमका चार वटै हेल्थ डेस्कमा करारमा कार्यरत स्वास्थ्यकर्मी २७ जना छन् उनीहरुले साउनपछि पारिश्रमिक पाउन सकेका छैनन्