गेटा आखा अस्पतालद्धारा बैतडीमा ४१३ जनालाई निःशुल्क आखा उपचार सेवा

गेटा आखा अस्पतालद्धारा बैतडीमा ४१३ जनालाई निःशुल्क आखा उपचार सेवा

धनगढी नेपाल नेत्तजयोति संघ गेटा आखा अस्पतालले  बैतडीको   पिपलकोटमा सँचालन गरेकोल आखा शिविरमा ४१३ जानको निःशुल्क आखा उपचार सेवा प्रदान गरेको दुई दिनसम्म सँचालन भएको शिविरमा ५१ ज्नाको मोतीबिन्दुको अप्रेशन गरेर गुमाएको दृष्टि प्रदान गरिएको

सुदूर पश्चिम स्वास्थ्य निर्देशनालयको सहयोगमा केदार संस्कृति संरक्षण समाज दोगडाकेदारसँगको आयोजनामा सँचिालित शिविरमा  ३६२ जनाको निःशुल्क औषधि उपचार गरिएको गेटा आखा अस्पतालका बाह्रय कार्यक्रम  व्यवस्थापक रमेशचन्द्र भट्टले बताए

शिविरमा गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा लिनु राईमाझीकोे नेतृत्वमा १३ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेको थियो

सुदुरपश्चिम  प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष अस्पताल तथा यस अन्तरगत प्रदेशका वटै जिल्लामा संचालित २३ वटा शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई प्रदेशका वटै जिल्लाहरुमा ग्रामीण क्षेत्रसम्म वर्षमा ५० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गर्दै आइरहेको