७१औं विश्व कृष्ठरोग दिवस

कैलाली र कञ्चनपुरका तीन पालिकामा विरामी दर उच्च

कैलाली र कञ्चनपुरका तीन पालिकामा विरामी दर उच्च

धनगढी सुदूरपश्चिम प्रदेशको कैलाली कञ्चनपुरमा नयाँ कुष्ठ रोगी पक्तालगाउने क्रम उच्च रहेको पाइएको

स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलाली कञ्चनपुरका तीन वटा पालिकामा गत आर्थिक बर्षमा एक सय २८ जना कुष्ठरोगि पत्ता लागेका छन् कैलालीको धनगढी उप महानगरपालिका कैलारी गाउँपालिका तथा कञ्चनपुरको भीमदत्त नगरपालिकामा नयाँ कुष्ठरोगि थपिने क्रम उच्च देखिएको

कुष्ठरोग विज्ञ मनोज ओझाका अनुसार आर्थिक बर्ष २०७९/८० मा धनगढी उप महानगरपालिका भित्र मात्रै ८७ जना नयाँ कुष्ठरोगि पत्ता लागेका छन् त्यसैगरी कैलालीको कैलारी गाउँपालिकामा २२ कञ्चनपुरको भीमदत्त नगरपालिकामा १९ जना कुष्ठरोगि भेटिएका ओझाले बताए

उनले धनगढीमा सुदूरपश्चिमका सवै जिल्लाबाट उपचारका लागि विरामी आउने भएका कारण विरामीको संख्या थपिएको हुनसक्ने भएपनि कञ्चनपुर कैलारी गाउँपालिकामा भने विरामीनै रहेको पाइएको बताए

गत आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेशमा दुई सय ३० जनामा कुष्ठरोग भेटिएको थियो जसमध्य कैलालीमा १४ दशमलव ३४ प्रतिशत, अछाममा १० दशमलव ८५ प्रतिशत, कञ्चनपुरमा दशमलव १७ प्रतिशत, बाजुरामा दशमलव ८७ प्रतिशत, टोडीमा दुई दशमलव ४२ प्रतिशत, बझाङमा एक दशमलव ५८ प्रतिशत, दार्चुलामा एक दशमलव ४८ प्रतिशत, बैतडीमा शुन्य दशमलव ८२ प्रतिशत डडेल्धरामा शुन्य दशमलव ७१ प्रतिशत विरामी रहेको क्षेयरोग विज्ञ ओझाले बताए

ओझाका अनुसार सुदूरपश्चिम प्रदेशमा हरेक बर्ष नयाँ कृष्ठरोगि पक्तालाग्ने क्रम बढ्ने गरेको

सुदूरपश्चिममा आर्थिक बर्ष २०७६/०७७ मा एक सय ३७ जनामा कुष्ठरोग भेटिएकोमा आर्थिक बर्ष २०७७/०७८ मा दुई सय , आर्थिक बर्ष २०७८÷७९ मा दुई सय , आर्थिक बर्ष २०७९/०८०मा दुई सय ३० जनामा कुष्ठरोग भेटिएको थियो चालु आर्थिक बर्षको माघ सम्म सुदूरपश्चिममा एक सय जनामा कुष्ठरोग फेलापरेको ओझाले बताए

नेपालमा कुष्ठरोग निवारण घोषणा भएपनि सुदूरपश्चिमका दुई जिल्लामा वर्षेनि नयाँ विरामी पहिचान हुने क्रम बढ्न थालेको ओझाले बताए नेपालमा विक्रम सम्बत २०६६ माघ मा राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको घोषणा भएको थियो निवारण भन्नाले प्रति १० हजार जनसंख्यामा भन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ निवारणको घोषणापछि हालसम्म पनि प्रदेशस्तरमा निवारणको अवस्था कायम रहेको तथ्याङ्कका अधारमा आर्थिक वर्ष २०७८/७९ को तथ्यांक अनुसार हाल प्रदेशका दुई जिल्लामा कुष्ठरोग निवारण नभएको स्थिति सरकारले सन् २०३० को अन्त्यसम्म सम्पूर्ण जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको प्रदेशको कैलाली अछाममा कुष्ठरोग प्रकोप दर भन्दा बढी रहेको सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा नै वर्षेनी नयाँ कुष्ठरोगी पहिचान हुने क्रम जारी रहेको प्रदेशमा वर्षेनी दुई सयदेखि तीन सय नयाँ कुष्ठरोगीहरूको पहिचान भइरहेको तथ्याङ्कले देखाएको पहाडका जिल्लाका विरामीहरुलाई उपचारमा ल्याउन नसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको प्रदेशको कैलाली अछाममा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रुपमा रहेको भने पहाडी जिल्लामा समयमै कुष्ठरोगका विरामीहरुलाई उपचारमा ल्याउन सकिएको छैन् स्वास्थ्य निर्देश्क डा. जगदिश जोशीले भने, ‘ढिला उपचारमा आएका विरामीहरुमा अपाङ्गता हुन सक्ने, लामो समय औषधि खानुपर्ने तथा विभिन्न खालको जटिलता आउने समुदायमा रोग अरु व्यक्तिहरुलाई सरिरहने सम्भावना रहन्छ

स्वास्थ्य निर्देशनालय दिपायलले उपलब्ध गराएको तथ्यांक अनुसार कैलाली अछाममा प्रति दश हजारमा एक प्रतिशत भन्दा बढी विरामी रहेका छन् यस प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा प्रति दश हजारमा शून्य दशमलब ९३ विरामी उपचारमा रहेका थिए भने कैलालीमा एक दशमलब ४९ अछाममा एक दशमलब ९१ विरामी उपचारमा रहेका थिए अन्य सात जिल्लामा एक भन्दा कम रहेको थियो निर्देशनालयका अनुसार प्रदेशमा विरामी पहिचान दर कैलाली, अछाम कञ्चनपुरमा सन्तोषजनक रहेको प्रदेशमा प्रति लाखमा विरामी पहिचान दर सात दशमलब ५४ रहेकोमा कैलालीमा १४ दशमलब ३४, अछाममा १० दशमलब ८५ कञ्चनपुरमा दशमलब १७ रहेको अन्य जिल्लामा पहिचान दर शन्य देखि रहेको

स्वास्थ्य निर्देश्नालयको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशका ४३ पालिकामा गत आर्थिक बर्षमा कुष्ठरोगका नयाँ विरामी भेटिएका छैनन्