स्टेपिङ स्टोनद्वारा महाबिर पुनलाई ५१ हजार सहति सम्मान

स्टेपिङ स्टोनद्वारा महाबिर पुनलाई ५१ हजार सहति सम्मान

धनगढी । धनगढी स्थित सटेपिङ स्टोन इङलिस स्कुलले राष्ट्रिय आविस्कारक केन्द्रका संस्थापक महाबिर पुनलाई नगद ५१ हजार सहति सम्मान गरेको

स्टेपिङ स्टोन स्कुलको ३२औं बार्षिकोत्सवका अवसरमा शनिबार विद्यालयले पुनलाई दोसल्ला ओढाएर सम्मान गर्दै नगद ५१ हजार आर्थिक सहयोग गरेको हो

पुन आफ्नो पुस्तक वेच्ने क्रममा शुक्रबार धनगढी पुगेका पुनलाई स्टेपिङ स्टोनले सम्मान सहति नगदले पुरस्कृत गरेको हो पुनलाई सदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले सम्मान गरेका हुन् सम्मान पछि पुनले वीरगञ्ज स्थित कृषि औजार कारखाना सञ्चालन गर्न आर्थिक संकलनका लागि आफु किताब वेच्दै हिडेको बताए

सरकारले बन्द गरेको थोत्रो बनाएको कारखानामा मेसिन मर्मत गरेर हामीले चल्ने बनाएका छौं, पुनले भने, ‘अव त्यो कारखाना चलाउन बजेट छैन, त्यसैले पुस्तब वेचेर कारखाना चलाउने प्रयास गरिरहेका छौं

उनले आविस्कारका क्षेत्रमा तीन वटै तरका सरकारले आफ्नो बजेटको एक प्रतिशत भएपनि हिस्सा छुट्याउनु आवश्यक रहेको बताए त्यसरी बजेट छुट्याउँदा नव प्रतिभालाई सहयोग गर्न सकिने देशमा उद्योग, कलकारखाना सञ्चालन गर्न सजिलो हुने उनले बताए