नगरस्तरीय प्याब्सन कपको उपाधि एरिष्टोलाई

नगरस्तरीय प्याब्सन कपको उपाधि एरिष्टोलाई

धनगढी ७औँ धनगढी नगरस्तरीय प्याब्सन कप २०८० को उपाधि धनगढी स्थित एरिष्टो माध्यमिक विद्यालयले जितेको उपमहानगरका सम्पूर्ण प्याब्सन अन्तर्गतका विद्यालयहरुको सहभागिता रहेको प्याब्सन कपमा स्वर्ण, रजत कास्य पदकसहित एरिष्टोले उपाधि जितेको हो

छात्रा कबड्डीतर्फ हाइजम्पमा १/ स्वर्ण, १०० मिटर दौडमा स्वर्ण, छात्रा जुनियर ५० मिटर दौडमा स्वर्ण, लङजम्पमा स्वर्ण, ज्वाब्लिङ थ्रो स्वर्ण, छात्रतर्फको ५० मिटर दौडमा स्वर्ण छात्रातर्फ हस्तलेखनमा एरिष्टोले थप एक स्वर्ण जितेको हो

सर्टपुट छात्रातर्फ रजत, मिठाई दौडमा रजत, छात्रतर्फ बोरा दौडमा रजत, सर्टपुटतर्फ कास्य पदक, २०० मिटर दौडमा छात्रतर्फ कास्य पदक, निबन्ध लेखनमा छात्रतर्फ कास्य, जुनियर लङजम्प छात्रतर्फ कास्य, वादविवाद प्रतियोगितामा छात्रातर्फ कास्य पदक हासिल गरेको थियो प्रतियोगिता फागुन १४ देखि १७ गतेसम्म सञ्चालन भएको थियो