सौराई स्क्वायरद्धारा महिलाहरु सम्मानित

सौराई स्क्वायरद्धारा महिलाहरु सम्मानित

धनगढी । सौंराइ स्क्वायर धनगढीले सौंराइ नारि सम्मान २०८० बाट  सात जना महिलालाई  सम्मानित गरेको छ । ११४औ अतरराष्ट्रिय नारी दिवशको अवसर पारेर सौराई स्क्वायरले विभिन्न क्षेत्रमा काम गरेका ७ जना महिलाहरुलाइ शनिबार  सम्मानित गरेको हो ।

महिला तथा समाजमा योगदान पुरयाएका तर राज्यको दृस्ठिकोणमा नपरेका महिलाहरुलाइ सम्मान गरेको हो । स्वास्थ्य क्षेत्रका जयकला रावल, अपाङ्गता भएर पनि सफल ब्यबशायी शान्ती रोकाया, थारु कला सस्कृती सरक्षणकर्मी समिक्षा चौधरी, मानव अधिकारकर्र्मी महेश्वरी भट्ट, शिक्षिका तुलसी शर्मा, समाजसेवी सारदा शाह र पत्रकार जमुना न्युरे रहेका छन् ।

धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले सम्मानले समाजमा असल काम गरेका महिलाहरुको परिचय थप बढेका बताइन् ।

अहिले लैगिक अधिकारको कुरा उठिरहेको भए पनि महिलाहरु लैंिगिक हिंसाबाट अझै पनि पीडित भैरहेको बताए ।

जनप्रतिनिधिमा महिला सहभागिता बढे पनि आफुले पनि काममा कठिनाई नै भोथ्नु परिरहेको उपमेयर रानाले बताइन् ।

 सौराई स्क्वायरका सँचालक उमेश शाहले आफ्नै समाजमा केही गर्ने उदेश्यले बिदेश छोडेर धनगढी आएको बताउँदै समाजमा अलि काममा लागेका महिलाहरुको अझै सामाजिक दायरा फराकिलो बनाउन सम्मनित गरेको बताए ।

 आगामी बर्षमा सम्मानको दायार र स्वरुप अझै बृद्धि गरेर लैजाने शाहले बताए ।