धनगढी उप महानगरपालिकाले कार्यसम्पादनका आधारमा सामुदायिक विद्यालयको मुल्याङ्कन गर्ने

विद्यालय सिकाईलाई प्रभावकारी बनाउन कार्यसम्पादन मुल्याङ्कन : नगरप्रमुख हमाल

धनगढी उप महानगरपालिकाले कार्यसम्पादनका आधारमा सामुदायिक विद्यालयको मुल्याङ्कन गर्ने

धनगढी धनगढी उप महानगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नयाँ शैक्षिक शत्र देखि सामुदायिक विद्यालयको कार्य सम्पादन मुल्याङ्कन गर्ने भएको

कार्य सम्पादन मुल्याङ्कनका लागि बिहीबार धनगढी उप महानगरपालिका सामुदायिक विद्यालयका प्रधानाध्यापक विच सहमति पत्रमा हस्ताक्षेर समेत भएको

नयाँ शैक्षिक शत्र देखि विद्यालयले गरेका हरेक क्रियापलापको अभिलेख तयार गरी सो अभिलेखका आधारमा विद्यालयको मासिक मुल्याङ्कन हुने मुल्याङ्कनक आधारमा उप महानगरपालिकाले उत्कृष्ठ विद्यालयलाई सम्मान गर्ने जनाएको

सहमति हस्ताक्षर कार्यक्रममा बोल्दै धनगढी उप महानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सामुदायिक विद्यालयको गरिमा फर्काउन, शेक्षिक गुणस्तर बढाउन अभिलेखलाई प्रभावकारी बनाउन सो कार्य गरिएको बताए

उप महानगरले शिक्षामा लगानी पहिला भन्दा बढाएको भन्दै नगर प्रमुख शिक्षा स्वास्थ्य नागरिकका लागि महत्वपूर्ण रहेको बताए नगर प्रमुख हमालले उप महानगरको क्षमताले भ्याउने गरी शिक्षामा लगानी गर्न साधन श्रोत बढाउन कुनै कन्जुस्याई नगर्ने बताए तर शिक्षा क्षेत्र सुधारका लागि उप महानगरको लगानीले मात्रै नपुग्ने देखिएको उनले बताए

शिक्षामा लगानी बढाउन दातृ निकाय तथा निजी क्षेत्रसंग पनि हामीले समन्वय गरिररहेका छौं, नगर प्रमुख हमालले भने, ‘विभिन्न क्षेत्रबाट सहयोग पनि आइरहेको

उप महानगरको आफ्नै मात्र श्रोतले स्कुललाई राम्रोसंग सञ्चालन गर्न सकिंदैन भन्ने ज्ञान भएरनगर प्रमुख शैक्षिक कोष सञ्चालन गरिएको नगर प्रमुख हमालले बताए सो कोषमा दाता निजी क्षेत्रको लगानी संकलन गरी विद्यालय शिक्षामा लगानी गर्ने योजना बनाइएको उनले बताए

उनले पहिलो चरणमा छात्रलाई पोषाक उपलब्ध गराइने बताए सके सवैलाई गर्ने नसके पहिलो चरणमा आधार छात्र विद्यार्थीलाई स्टिकर सहतिको पोषाक प्रदान गर्ने लक्ष्य रहेको उनले बताए

नगर प्रमुख हमालले विद्यालय सुधारका लागि माग हुने लगानी गलत नभएपनि उप महानगरको श्रोतले नभ्याउदा समस्या भएको बताए

नगर प्रमुख हमालका अनुसार सामुदायिक विद्यालयको कार्यसम्पादन गर्ने कार्यक्रमबाट विद्यालयमा राम्रो अभ्यासको थालनी गर्न थालिएको बताए त्यसलाई अन्यथा नलग्न पनि उनले आग्रह गरेका छन् यो विद्यालयको अभिलेख राख्ने, एउटा सिस्टम बसोने कार्यको थालनी हो, नगर प्रमुख हमालले भने, ‘त्यसले शिक्षकलाई पनि स्मार्ट बन्न सहज हुने विद्यालयको प्रगति पनि राम्रो हुने , पहिलो पटक गरिएको प्रयास भएका कारण केही त्रुटीपनि हुन सक्छन्, त्यसलाई हामी सच्याउने छौं

नगर प्रमुख हमालले विद्यालयमा रहेका प्रधानाध्यापकलाई हटाउने वा अन्त पठाउने कार्य आफुले नगर्ने बताए हामीले सिवद्यालय शिक्षा व्यवस्थापन सुधारको प्रयास गरेका हौं, हमालले भने, ‘तर कर्मचारीलाई चलाउने उनिहरुलाई नराम्रो व्यवहार गर्ने मनसाय हाम्रो छैन, त्यसैले सवै शिक्षक कर्मचारीले यसलाई सकारात्मकरुपमा लग्नु जरुरी

नगर प्रमुख हमालले कतिपय विद्यालयमा प्रधानाध्यापकलाई पनि नटेरेर शिक्षकले मनमानी गर्नेगरेको पाइएको भन्दै त्यसलाई रोक्न नयाँ शैक्षिक शत्र देखि हाजिरीको व्यवस्था गरिने बताए

हाजिरी गर्दा कुन शिक्षक कहाँछ, विद्यालयमा आयोकी आएन भन्ने कुराको अभिलेख उप महानगरको कार्यालयमै बसेर हेर्न सकिने व्यवस्था गरिएको बताए

अव हाजिरिका आधारमा शिक्षाको तलव निकासा हुने समेत उनले बताए अहिले समायोजन भएका कतिपय शिक्षक हाजिर गरेर विद्यालय नगएको गुनासो आइरहेको बताउँदै नगर प्रमुख हमालले बैशाख देखि त्यसो गरे तलव रोकिने बताए नगरपालिकाबाट कुनै कम्जोरी भए हामी माफि माग्न सच्याउन तत्पर छौं, नगर प्रमुख हमालले भने, ‘शिक्षक कर्मचारी पनि जिम्मेवार भइदिनु पर्छ

सामुदायिक विद्यालयको सुधार नगरपालिकाका कर्मचारीले गरेर नहुने भन्दै नगर प्रमुख हमालले त्यसका लागि शिक्षक प्रधानाध्यापक सवैभन्दा बढी जिम्मेवार हुनुपर्ने बताए पछिल्लो सयम सामुदायिक विद्यालयका शिक्षकको प्रयासले आफुलाई केही गर्न सकिन्छ भन्ने आशा पलाएको बताए

अहिले धनगढीको सरसफाई कार्यक्रम हेर्न बाहिर बाट मान्छे आउन थालिसकेका वेला शिक्षैक सुधारका कार्यक्रम हेर्नपनि बाहिरबाट आउने वातावरण बनाउने आफ्नो लक्ष्य रहेको बताए

नगर प्रमुख हमालले राम्रो काम गर्ने सामुदायिक विद्यालय मध्य मुल्याङ्कनका आुधारमा आगामी बर्ष देखि वटा विद्यालयलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बताए उनले सामुदायिउक विद्यालयको गरिमालाई फकाउँदै शैक्षिक गुणस्तर कायम गर्ने जिम्मा शिक्षकको हुने बताए

कार्यसम्पादन मुल्याङ्कनको उद्देश्य

उप महानगरपालिकाका शिक्षा महाशाखा प्रखुम नरेन्द्र खातिका अनुसार विद्यालयको कार्यसम्पादन मुल्याङ्कनका विभिन्न वटा उद्देश्य निर्धारण गरिएका छन् जुन यस प्रकार छन्

विद्यालयमा मौजुदा रहेका मानव संशाधनबाट उपलब्ध श्रोत साधनको अधिक्तम प्रयोग गरी शैक्षिक व्यवस्थापन तथा गुणस्तरिय शैक्षिक विकास गर्ने

शिक्षाको पेशा विकासका अवसर विस्तार गरी शिक्षण क्षमता अभिवृद्धि गर्ने विद्यालय शिकाई उपलब्धीमा सुधार ल्याउने

शिक्षक तथा कर्मचारीलाई काममा जिम्मेवार बनाउँदै शैक्षिक सुशासन तथा पारदर्शिता कायम राख्ने

विद्यार्थी मुल्याङ्कनलाई सिकाई सुधारका लागि अवसर सिर्जना गर्ने

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक प्राबिधिक तथा कर्मचारी एवं विद्यार्थी सम्बद्ध समुह÷समितिको अधिक्तमपरिचालन गरी विद्यालयको समग्र शैक्षिक विकास मार्फत विद्यार्थी सिकाईका वैकल्पिक अवसर कार्यान्वयन गर्ने

विद्यालयमा दैनिक, मासिक, त्रैमासिक, अर्धबार्षिक, बार्षिक रुपमा सम्पादित कार्यहरुलाई लिपिबद्ध गरी अभिलेखिकरण गर्ने